उपराष्ट्रपतिको कार्यालय
नेपालको संविधानको धारा ६७ ले नेपालमा एक उपराष्ट्रपति रहने व्यवस्था गरेको छ । राष्ट्रपतिको अनुस्पतिमा राष्ट्रपतिबाट गरिने कार्यहरू उपराष्ट्रपतिबाट सम्पादन गरिने व्यवस्था गरेको छ । उपराष्ट्रपतिको कार्यहरुलाई व्यवस्थित रुपमा सहयोग पुर्याउन तथा सहजीकरण गर्नका लागि उपराष्ट्रपतिको कार्यालय रहने संवैधानिक व्यवस्था छ । देशको स्वतन्त्रता, राष्ट्रियता, राष्ट्रिय एकता, राष्ट्रिय स्वाधीनता र अखण्डतालाई जोगाइ राख्न यस मर्यादित संस्थाको भूमिका आगामी दिनहरुमा अझ प्रभावकारी रहने कुरा निश्चित छ । राष्ट्र र राष्ट्रियताप्रति नागरिकहरुको आदरभाव र राष्ट्रिय एकतामा वृद्धि गर्न सम्माननीय उपराष्ट्रपतिज्यूलार्इ राष्ट्रवासी, नागरिक समाज र विभिन्न संघसंस्थाहरुले आयोजना गर्ने धार्मिक, सांस्कृतिक कार्यक्रमहरुमा प्रमुख अतिथि भइदिन निमन्त्रणा आउने गरेको छ । त्यस्तै विभिन्न देशका राष्ट्रिय दिवसमा राजदूतावासहरुले आयोजना गर्ने कार्यक्रमहरुमा पनि सम्माननीय उपराष्ट्रपतिज्यूलार्इ प्रमुख अतिथिको रुपमा आमन्त्रण गर्ने गरेका छन् । उपरोक्त कार्यक्रमहरूमा उपराष्ट्रपतिज्यूबाट आतिथ्यता ग्रहण गर्ने प्रचलन रहेको छ ।
Read More..