उपराष्ट्रपतिको कार्यालय

07
Jun

सम्माननीय उपराष्ट्रपतिज्यूसँग भ्याटिकन सिटिका राजदूतको भेटघाट

प्रकाशक:

सम्माननीय उपराष्ट्रपतिज्यूसँग भ्याटिकन सिटिका राजदूतको भेटघाट

काठमाडौं, २३ जेठ

सम्माननीय उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’सँग नेपालका लागि भ्याटिकन सिटिका गैरआवासीय राजदूत H.E. Archbishop Giambattisa Diquattro ले शिष्टाचार भेट गर्नुभएको छ । आज (मंगलबार) अपरान्ह उपराष्ट्रपतिको कार्यालय, बहादुरभवन कान्तिपथमा सम्माननीय उपराष्ट्रपतिसँग भ्याटिकन सिटिका राजदूतले शिष्टाचार भेट गर्नुभएको हो ।

सम्माननीय उपराष्ट्रपतिले राजदूतसँगको भेटमा नेपाल र भ्याटिकन सिटिबीचको सम्बन्ध विस्तारमा जोड दिनुभयो । उहाँले नयाँ संविधान जारी पश्चात नेपाल स्थायी शान्ति र समृद्धिको दिशामा तिव्र रुपमा अगाडि बढीरहेको बताउनुभयो । उहाँले विश्व शान्तिका लागि सबै मुलुकले योगदान गर्नुपर्ने बताउनुभयो ।

सम्माननीय उपराष्ट्रपतिले नेपालको नयाँ संविधानले सबै धर्महरुलाई सम्मान गरेको बताउनुभयो । उहाँले भ्याटिकन सिटिका नवनियुक्त राजदूतलाई बधाई दिनुहुँदै उहाँको कार्यकालमा दुई देशबीचको सम्बन्ध प्रगाढ हुने विश्वास व्यक्त गर्नुभयो ।

सम्माननीय उपराष्ट्रपतिसँगको भेटमा भ्याटिकन सिटिका राजदूतले भ्याटिकन सिटिले नेपालसँग राम्रो सम्बन्ध बनाउन चाहेको बताउनुभयो । उहाँले नेपालको नयाँ संविधानलाई स्वागत गरेको र लोकतान्त्रिकरणको प्रशंसा गरेको बताउनुभयो । फोटो क्याप्सनः भ्याटिकन सिटिका राजदूत Archbishop Giambattisa Diquattro सँग मंगलबार अपरान्ह उपराष्ट्रपतिको कार्यालय, बहादुरभवन कान्तिपथमा शिष्टाचार भेटघाटमा सम्माननीय उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ ।