उपराष्ट्रपतिको कार्यालय

07
Jun

सम्माननीय उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ज्यूले बढ्दो हवाई दुर्घटनाप्रति चिन्ता

प्रकाशक Admin

हवाई दुर्घटनाप्रति सम्माननीयज्यूबाट चिन्ता व्यक्त

काठमाडौं, १६, जेठ

सम्माननीय उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ज्यूले बढ्दो हवाई दुर्घटनाप्रति चिन्ता व्यक्त गर्नुभएको छ । उहाँले आज (मंगलबार) बाजुराको कोल्टी विमानस्थलमा नेपाली सेनाका विमान दुर्घटना हुँदा ज्यान गुमाउनु भएका पाईलट महासेनानी कैलाश गुरुङ र तीन अघि (शनिबार) सोलुखुम्बुका लुक्ला विमानस्थलमा गोमा एयरको कार्गो विमान दुर्घटना हुँदा ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।

सम्मानीय उपराष्ट्रपतिले हवाई दुर्घटनामा ज्यान गुमाउनुभएका शोकाकुल परिवारजनमा गहिरो समवेदना र दुवै दुर्घटनामा घाइते हुनुभएकाहरुको शिख्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ । साथै, उहाँले नेपाली हवाई यात्रालाई सुरक्षित बनाउनेतर्फ ध्यान दिनुपर्ने बताउनुभएको छ ।