सम्माननीय उपराष्ट्रपति श्री नन्दबहादुर पुन 'पासाङ्ग'ज्यूबाट तमू (गुरुङ) समुदायको महान् पर्व तमू ल्होछार/ल्होसारको शुभ अवसरमा दिनुभएको शुभकामना सन्देश

सम्माननीय उपराष्ट्रपति श्री नन्दबहादुर पुन 'पासाङ्ग'ज्यूबाट तमू (गुरुङ) समुदायको महान् पर्व तमू ल्होछार/ल्होसारको शुभ अवसरमा दिनुभएको

शुभकामना सन्देश

तमू (गुरुङ) समुदायको महान् चाड तमू ल्होछार/ल्होसार २०७८ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण तमू दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, सु-स्वास्थ्य, समृद्धि एवम् राष्ट्रको निरन्तर उन्नतीका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । 

नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवम् भौगोलिक विविधतायुक्त धर्मनिरपेक्ष राष्ट्र हो । अनेकौं संस्कृति, सम्पदा, सभ्यता र समुदायको सुन्दर, सप्तरंगी सम्मिश्रण एवं साझा संगमको रुपमा रहीआएको नेपाल सामाजिक सद्भाव र सौहार्दताका लागि संसारभर सुपरिचित छ । नेपालका सबै समुदायका आ-आफ्नै मौलिक पहिचानसहितका भाषा, धर्म, संस्कार, संस्कृति र धार्मिक एवम् सांस्कृतिक चाडपर्व छन् । विभिन्न समुदायमा मौलिकताका साथ मनाइने चाडपर्वहरु नेपालीको साझा चाडपर्व बनेका छन् । 

पुराना वर्ग (वर्ष) को विदाई र नयाँ वर्गलाई स्वागत गर्दै तमू (गुरुङ) समुदायले मनाउने तमू ल्होछार/ल्होसार पनि फराकिलो हुँदै आमनेपालीको पर्वको रुपमा स्थापित हुँदै गएको छ । गाई वर्गको विदाई र बाघ वर्गको स्वागत गर्दै मनाइने यो वर्षको ल्होछार/ल्होसार देशको मौलिक संस्कृतिको संरक्षण, प्रवर्द्धन गर्नुका साथै राजनीतिक स्थायित्व, दिगो विकास, संविधानको पालन र प्रत्येक नेपाली जनताको आर्थिक सामाजिक रुपान्तरणसहितको समुन्नत र समृद्ध नेपाल निर्माणमा सबैलौ प्रेरणा दिने विश्वास लिएको छु । 

विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड-१९)को जोखिम कायम रहेको भन्ने विज्ञहरुको सुझावलाई ध्यान दिंदै स्वाथ्य सुरक्षा मापदण्डको पूर्ण पालना गरेर ल्होछार/ल्होसार मनाउन म सम्पूर्ण तमु दिदीबहिनी तथा दाजुभाईहरुलाई अनुरोध गर्दछु ।

तमू ल्होछार/ल्होसार २०७८ को हार्दिक शुभकामना ।

धन्यवाद ।

१५ पुस २०७८

 

Recent Activities

31 Jan.
2025

सुचनाको हक सम्बन्धी ऐन बमोजिम सार्वजनिक गरिएको विवरण २०८१ कार्तिकदेखि २०८१ पुससम्म

Read More
24 Dec.
2024

सुचनाको हक सम्बन्धी ऐन बमोजिम सार्वजनिक गरिएको विवरण २०८१ श्रावणदेखि २०८१ असोजसम्म

Read More
09 Oct.
2024

सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूबाट विजया दशमीकव अवसरमा २०८१ असोज २६ गते शनिबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा देहाय बमोजिमको समय तालिका अनुसार टीका-प्रसाद प्रदान गर्नु हुने कार्यक्रम रहेको व्यहोरा जानकारीका लागि यो सुचना प्रकाशन गरिएको छ ।

Read More
04 Oct.
2024

सम्माननीय उपराष्ट्रपतिबाट पूजाआराधना तथा झण्डोत्तलन

Read More
02 Oct.
2024

प्रेस विज्ञप्ति

Read More
30 July
2024

सुचनाको हक सम्बन्धी ऐन बमोजिम सार्वजनिक गरिएको विवरण २०८० श्रावणदेखि २०८१ असारसम्म

Read More