सम्माननीय उपराष्ट्रपति श्री नन्दबहादुर पुन 'पासाङ'ज्यूबाट हरितालिका (तीज) २०७८ को अवसरमा दिनुभएको शुभकामना सन्देश

सम्माननीय उपराष्ट्रपति श्री नन्दबहादुर पुन 'पासाङ'ज्यूबाट हरितालिका (तीज) २०७८ को अवसरमा दिनुभएको

शुभकामना सन्देश

नेपाली हिन्दू महिलाहरूको महान् पर्व हरितालिका (तीज)-२०७८ को अवसरमा देश-विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु । 

आज विशेष गरी हिन्दू महिलासहित अधिकांश नेपाली महिला दिदीबहिनीहरूले परम्परागत मूल्य मान्यतासहित नाचगान गरेर तीज मनाउँदै हुनुहुन्छ । पानीसमेत नपिएर मनाउने परम्पराले तीजमा धेरै दिदीबहिनीहरूको स्वास्थ्यमा असर गरेको तथ्यलाई हृदयङ्गम गर्दैै आफ्नो स्वाथ्यको पूर्ण ख्याल गरी तीज मान्न म दिदीबहिनीहरूलाई आग्रह गर्दछु । साथै विश्वव्यापी महामारी कोरोना भाइरसको असर कायमै रहेकोले सरकारबाट जारी स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी तीज मनाउन आग्रह गर्दछु । 

नेपालको राजनीतिक परिवर्तन र नेपाललाई विश्वसामु परिचति गराउन नेपाली महिलाहरूको योगदान उच्च छ । म महिलाहरूको महान् पर्वको अवसरमा नेपालको राजनीतिक परिवर्तन, सामाजिक रुपान्तरण र आर्थिक विकासमा महिलाहरूले पुर्‍याउनु भएको योगदानप्रति उच्च सम्मान व्यक्त गर्दछु । राज्यको हरेक निकायमा महिलाको समानुपातिक समावेशी प्रतिनिधित्व, पैतृक सम्पत्तिमा महिलाको हक लगायतका राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रमा प्राप्त महिला अधिकारका लागि गौरव गर्न आग्रहसमेत गर्दछु । साथै, यी उपलब्धीहरूको रक्षाका लागि सचेत हुन र खबरदारी जारी राख्न पनि महिला दिदीबहिनीहरूलाई आग्रह गर्दछु । 

अन्तमा, तीज पर्वले नेपाली महिलाहरूमा आपसी सद्भाव, सहिष्णुता र भाइचाराको अभिवृद्धि गर्दै देशको विकास र समृद्धिमा महिला सहभागीता वृद्धिका लागि प्रेरणा दिने विश्वास लिएको छु । यो वर्षको तीज विगत वर्षहरूमा भन्दा सिर्जनशील बन्ने अपेक्षा लिएको छु । तीज उल्लासमय रहोस्, हार्दिक शुभकामना ।

धन्यवाद !

२४ भदौ २०७८

 

Recent Activities

31 Jan.
2025

सुचनाको हक सम्बन्धी ऐन बमोजिम सार्वजनिक गरिएको विवरण २०८१ कार्तिकदेखि २०८१ पुससम्म

Read More
24 Dec.
2024

सुचनाको हक सम्बन्धी ऐन बमोजिम सार्वजनिक गरिएको विवरण २०८१ श्रावणदेखि २०८१ असोजसम्म

Read More
09 Oct.
2024

सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूबाट विजया दशमीकव अवसरमा २०८१ असोज २६ गते शनिबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा देहाय बमोजिमको समय तालिका अनुसार टीका-प्रसाद प्रदान गर्नु हुने कार्यक्रम रहेको व्यहोरा जानकारीका लागि यो सुचना प्रकाशन गरिएको छ ।

Read More
04 Oct.
2024

सम्माननीय उपराष्ट्रपतिबाट पूजाआराधना तथा झण्डोत्तलन

Read More
02 Oct.
2024

प्रेस विज्ञप्ति

Read More
30 July
2024

सुचनाको हक सम्बन्धी ऐन बमोजिम सार्वजनिक गरिएको विवरण २०८० श्रावणदेखि २०८१ असारसम्म

Read More