सम्माननीय उपराष्ट्रपति श्री नन्दबहादुर पुन 'पासाङ्ग'ज्यूबाट नयाँ वर्ष २०७८ को अवसरमा दिनुभएको शुभ-कामना

नयाँ वर्ष २०७८ को अवसरमा सम्माननीय उपराष्ट्रपति श्री नन्दबहादुर पुन 'पासाङ्ग'ज्यूले दिनुभएको

शुभ-कामना

आज विक्रम् संवत् २०७८ वैशाख १, अर्थात नयाँ वर्ष शुभारम्भको दिन । नयाँ वर्ष-२०७८ शुभारम्भको पावन अवसरमा देश-विदेशमा रहनुभएका समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, सु-स्वास्थ्य, उत्तरोत्तर प्रगति एवम् राष्ट्रको निरन्तर समुन्नती र समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । 

वि. सं. २०७८ शुभारम्भसँगै हामीले वि. सं. २०७७ लाई विदाई गरेका छौं । बितेको वर्ष हाम्रा लागि सुखद रहन सकेन । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड-१९) रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउन (बन्दाबन्दी)बीच स्वागत गरिएको २०७७ साल भरी हामीले महामारीको असर भोगिरह्यौँ । अर्थतन्त्रका सबै क्षेत्रमा महामारीको असर पर्दा गत आर्थिक वर्षको आर्थिक वृद्धिदर ऋणात्मक बन्न पुग्यो । महामारीकै कारण लाखौं लाख विद्यार्थीहरुले विद्यालयको कक्षा कोठामा पुग्न पाएनन् । यसै समयमा देशको राजनीतिक अवस्था संकटपूर्ण अवस्थामा पुगेर लयमा फर्कियो । तमाम कारणले वि.सं. २०७७ उत्साह र उमंगको वर्ष हुन सकेन ।

बन्दाबन्दीबीच घरभित्रै रहेर २०७७ लाई स्वागत गर्दै गर्दा हाम्रो आशा र विश्वास थियो २०७८ लाई हर्षोल्लासका साथ स्वागत गर्नेछौं । हाम्रो अपेक्षा विपरित २०७८ लाई स्वागत गर्दै गर्दा देशमा कोरोना भाइरसको दोस्रो लहर तीव्ररुपमा फैलिरहेको छ । जस्तोसुकै प्रतिकुलता, कठिन परिस्थिति र पीडामा पनि मुस्कुराउन सक्ने हामी नेपालीको विशेषता हो । विषम परिस्थितिका बीच हाम्रो घर आँगनमा आइपुगेको नयाँ वर्ष स्वास्थ्य सुरक्षाको मापदण्डलाई पूर्णरुपमा पालना गरेर हर्षका साथ मनाउनु हुन म सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा आग्रह गर्दछु । 

हामीले नेपालमा कोरोना भाइरसको पहिलो लहरलाई जसरी नियन्त्रण गर्न सफल भयौँ, दोस्रो लहरलाई पनि अवश्य नियन्त्रण गर्नेछौं । नयाँ  वर्ष २०७८ शुभारम्भको अवसरले कोरोना भाइरसको दोस्रो लहर नियन्त्रणका लागि सबै तहका सरकार, चिकित्सक तथा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सम्पूर्ण नेपालीहरुलाई उर्जा प्रदान गरोस् भन्ने कामना गर्दछु । कोराना भाइरसको महामारी नेपालमा चाँडै नियन्त्रण हुने र प्रतिकुलताको बीच पनि देश ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न निरन्तर अगाडि बढिरहने विश्वास लिएको छु । 

नयाँ वर्ष २०७८ को सबैमा शुभकामना ।

धन्यवाद ।

१ वैशाख २०७८

 

Recent Activities

31 Jan.
2025

सुचनाको हक सम्बन्धी ऐन बमोजिम सार्वजनिक गरिएको विवरण २०८१ कार्तिकदेखि २०८१ पुससम्म

Read More
24 Dec.
2024

सुचनाको हक सम्बन्धी ऐन बमोजिम सार्वजनिक गरिएको विवरण २०८१ श्रावणदेखि २०८१ असोजसम्म

Read More
09 Oct.
2024

सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूबाट विजया दशमीकव अवसरमा २०८१ असोज २६ गते शनिबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा देहाय बमोजिमको समय तालिका अनुसार टीका-प्रसाद प्रदान गर्नु हुने कार्यक्रम रहेको व्यहोरा जानकारीका लागि यो सुचना प्रकाशन गरिएको छ ।

Read More
04 Oct.
2024

सम्माननीय उपराष्ट्रपतिबाट पूजाआराधना तथा झण्डोत्तलन

Read More
02 Oct.
2024

प्रेस विज्ञप्ति

Read More
30 July
2024

सुचनाको हक सम्बन्धी ऐन बमोजिम सार्वजनिक गरिएको विवरण २०८० श्रावणदेखि २०८१ असारसम्म

Read More