सम्माननीय उपराष्ट्रपति श्री नन्दबहादुर पुन 'पासाङ्ग'ज्यूबाट होली पर्व २०७८ को अवसरमा दिनुभएको शुभकामना सन्देश

सम्माननीय उपराष्ट्रपति श्री नन्दबहादुर पुन 'पासाङ्ग'ज्यूबाट होली पर्व २०७८ को अवसरमा दिनुभएको

शुभकामना सन्देश

रंगहरुका पर्वको रुपमा मनाइने नेपालीहरुको लोकप्रिय चाड यस वर्षको फागु पूर्णिमा (होली पर्व) आइपुगेको छ । काठमाडौं उपत्यकासहित पहाडी तथा हिमाली क्षेत्रमा फागु पूर्णिमाको दिन र तराई मधेसमा भोलिपल्ट भव्य रुपमा मनाइने रंगहरुको पर्व होली पर्व-२०७८ को पावन अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, सद्भाव, समृद्धि र निरन्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।

बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त राष्ट्रका हामी नेपाली भाषा, कला, संस्कृतिले अत्यन्त धनी छौँ । शरद ऋतुबाट वसन्त ऋतु आगमनको सुखद् समयमा आउने होली पर्वले सप्तरंगी जस्तै रंगिन नेपाली समाजलाई एक सूत्रमा जोडेर आपसी सद्भाव, सहिष्णुता, प्रेम र भाइचाराको अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई बलियो बनाउँदै आएको छ । यस वर्षको होली पर्वले सामाजिक सद्भाव थप फैलाउने र राष्ट्रिय एकतालाई बलियो बनाउने विश्वास लिएको छु । 

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको आधारभूत सरकार स्थानीय तहको निर्वाचन नजिकिएको छ । प्रत्यक्ष मतदानद्वारा आफ्नो सरकार आफै बनाउने स्थानीय तहको निर्वाचनलाई उत्सवको रुपमा लिन र सक्रिय सहभागीता जनाउन म सबै दिदीबहिनी तथा दाजुभाइहरुलाई आग्रह गर्दछु । होली पर्व २०७८ ले स्थानीय तहको निर्वाचनलाई उत्सवको रुपमा सम्पन्न गर्न सबैलाई प्रेरणा प्रदान गरोस् -होली पर्वको हार्दिक शुभकामना ।

धन्यवाद ।

 

३ चैत २०७८

 

Recent Activities

31 Jan.
2025

सुचनाको हक सम्बन्धी ऐन बमोजिम सार्वजनिक गरिएको विवरण २०८१ कार्तिकदेखि २०८१ पुससम्म

Read More
24 Dec.
2024

सुचनाको हक सम्बन्धी ऐन बमोजिम सार्वजनिक गरिएको विवरण २०८१ श्रावणदेखि २०८१ असोजसम्म

Read More
09 Oct.
2024

सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूबाट विजया दशमीकव अवसरमा २०८१ असोज २६ गते शनिबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा देहाय बमोजिमको समय तालिका अनुसार टीका-प्रसाद प्रदान गर्नु हुने कार्यक्रम रहेको व्यहोरा जानकारीका लागि यो सुचना प्रकाशन गरिएको छ ।

Read More
04 Oct.
2024

सम्माननीय उपराष्ट्रपतिबाट पूजाआराधना तथा झण्डोत्तलन

Read More
02 Oct.
2024

प्रेस विज्ञप्ति

Read More
30 July
2024

सुचनाको हक सम्बन्धी ऐन बमोजिम सार्वजनिक गरिएको विवरण २०८० श्रावणदेखि २०८१ असारसम्म

Read More