सम्माननीय उपराष्ट्रपति श्री नन्दबहादुर पुन 'पासाङ्ग'ज्यूबाट राष्ट्रिय प्रजातन्त्र दिवस २०७३ को अवसरमा दिनुभएको शुभ-कामना

सम्माननीय उपराष्ट्रपति श्री नन्दबहादुर पुन 'पासाङ्ग'ज्यूले राष्ट्रिय प्रजातन्त्र दिवसको शुभ अवसरमा दिनु भएको निम्नानुसारको सन्देश सो दिवसका दिन प्रचार/प्रसारणार्थ त्यहाँ पठाइएको व्यहोरा निर्देशानुसार अनुरोध छ ।

शुभ-कामना सन्देश

'फागुन ७ गते ऐतिहासिक जनआन्दोलनमार्फत सार्वभौम नेपाली जनताले निरंकुश जहानियाँ राणा शासनलाई ढालेर प्रजातन्त्र स्थापना गरेको गौरवपूर्ण र अविस्मरणीय दिन हो । २००७ सालको आजकै दिन सार्वभौम नेपाली जनताको अजेय शक्तिबाट राणा शासन पराजित भएर प्रजातन्त्र स्थापना भएको थियो ।

नेपालमा युगान्तकारी परिवर्तनको यात्राको शुभारम्भको दिन राष्ट्रिय प्रजातन्त्र दिवस–२०७३ को अवसरमा सम्पूर्ण नेपाली दिदी–बहिनी तथा दाजुभाईहरुमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु । प्रजातन्त्र प्राप्तको लागि भएको संघर्षमा आफ्नो जीवन उत्सर्ग गर्नुहुने ती महान् वीर वीरंगनाहरुलाई म यस अवसरमा स्मरण गर्दै उहाँहरुप्रति श्रद्धासुमन अर्पण गर्दछु ।

प्रजातन्त्र प्राप्तीपछि पनि नेपाली जनताले विभिन्न कालखण्डमा ऐतिहासिक जनआन्दोलन तथा सशस्त्र संघर्ष गर्नुपर्‍यो । विभिन्न कालखण्डमा भएका सशस्त्र संघर्ष, जनआन्दोलन, जनयुद्ध र २०६२/६३ को जनआन्दोलनबाट हामीले ऐतिहासिक राजनीतिक उपलब्धीहरु प्राप्त गरेका छौं । लोकतान्त्रिक गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थालगायतका राजनीतिक उपलब्धीहरुलाई नयाँ संविधानले संस्थागत गरिसकेको छ । 

हामी अहिले २००७ साल वरिपरिबाटै व्यक्त नेपाली जनताको चाहानाअनुरुप संविधानसभाबाट जारी नयाँ संविधान कार्यान्वयनको क्रममा छौँ । २०७४ माघ ७ गतेभित्र स्थानीय, प्रादेशिक र केन्द्रीय गरी तीन तहको निर्वाचन सम्पन्न गरेर निर्धारित समयमा संविधानको पूर्ण कार्यान्वयन गर्दै राजनीतिक स्थायित्वसहित देशलाई आर्थिक विकासका दिशामा तिव्र गतिमा अगाडि बढाउनुपर्ने आवश्यकता छ । 

यस अवसरमा निर्धारित समयमा विभिन्न तहका निर्वाचन सम्पन्न गरेर संविधानबाट प्राप्त उपलब्धीहरुको जगेर्ना गर्दै सुदृढ् राष्ट्रिय एकताको जगमा मुलुकलाई शान्ति, स्थायित्व, समुन्नति एवं दिगो आर्थिक विकास सहितको समृद्धिको मार्गमा द्रूतरुपमा अघि बढाउनुपर्ने वर्तमानको आवश्यकताप्रति सबैको ध्यानाकर्षण गराउन चाहन्छु । नेपालमा युगान्तकारी परिवर्तनको सुभारम्भ भएको यो ऐतिहासिक दिनले राष्ट्रिय एकताका साथ निर्धारित समयमा सबै तहको निर्वाचन सम्पन्न गरेर देशलाई आर्थिक विकासतर्फ तिव्रगतिमा लैजान सबै नेपालीहरुलाई सत्प्रेरणा प्रदान गर्ने अपेक्षा लिएको छु ।'

आज्ञाले,

........................

(मनोज घर्तीमगर)

प्रेस संयोजक

२०७३।११।६

Recent Activities

31 Jan.
2025

सुचनाको हक सम्बन्धी ऐन बमोजिम सार्वजनिक गरिएको विवरण २०८१ कार्तिकदेखि २०८१ पुससम्म

Read More
24 Dec.
2024

सुचनाको हक सम्बन्धी ऐन बमोजिम सार्वजनिक गरिएको विवरण २०८१ श्रावणदेखि २०८१ असोजसम्म

Read More
09 Oct.
2024

सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूबाट विजया दशमीकव अवसरमा २०८१ असोज २६ गते शनिबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा देहाय बमोजिमको समय तालिका अनुसार टीका-प्रसाद प्रदान गर्नु हुने कार्यक्रम रहेको व्यहोरा जानकारीका लागि यो सुचना प्रकाशन गरिएको छ ।

Read More
04 Oct.
2024

सम्माननीय उपराष्ट्रपतिबाट पूजाआराधना तथा झण्डोत्तलन

Read More
02 Oct.
2024

प्रेस विज्ञप्ति

Read More
30 July
2024

सुचनाको हक सम्बन्धी ऐन बमोजिम सार्वजनिक गरिएको विवरण २०८० श्रावणदेखि २०८१ असारसम्म

Read More