सम्माननीय उपराष्ट्रपतिद्वारा कीर्तिमानी श्री हरि बुढामगरलाई बधाई तथा शुभकामना

 

 

 

सम्माननीय उपराष्ट्रपति रामसहाय प्रसाद यादवले रोल्पा जिल्ला मिरुल निवासी तथा दुवै खुट्टा नभएर पनि विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गर्नुभएका पर्वतारोही हरि बुढामगरलाई आज विशेष सम्मान गर्दै हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नु भएको काठमाडौं लैनचौरस्थित उपराष्ट्रपति कार्यालयमा विशेष समारोहको आयोजना गरी सफल आरोही बुढामगरलाई उहाँले बधाई तथा शुभकामना दिनु भएको हो

तेह्र वर्षअघि गोर्खा सैनिकका रुपमा अफगानिस्तानको लडाइँमा दुवै खुट्टा गुमाएपछि पनि आफ्नो कठोर परिश्रम, दृढ इच्छा शक्ति जीवनमा केही गर्ने हुटहुटीले तपाईंलाई कीर्तिमानी बनाएको उपराष्ट्रपति यादवले भन्नुभयो, ‘तपाईंले खुट्टा हुँदाको प्रतिकूलतालाई चिर्दै कृत्रिम खुट्टाको प्रयोग गरी जुन विश्व कीर्तिमान कायम गर्नुभएको , त्यसले सम्पूर्ण नेपाली गौरवान्वित भएको सुखानुभूति मैले गरेको छु तपाईका लगन, धैर्य आत्मबल तथा अन्तर्राष्ट्रिय जगतमा नेपाललाई चिनाउने तपाईंको कीर्तिमानी कार्यको उच्च प्रशंसा गर्न चाहन्छु यो सफलता अपाङ्गता भएका व्यक्तिहरुका लागि प्रेरणाको स्रोत बन्न सकोस् ।'

उहाँले सगरमाथाको चुचुरोमा पुग्नु आफैमा एउटा साहसिक कार्य भएको बताउनु भयो तपाईंको यो ऐतिहासिक कार्यले अपाङ्गता भएका विभिन्न कारणले अंगभंग भएकाहरुलाई सधैंसधैं उत्प्रेरित गरिरहने विश्वास मैले लिएको छु तपाईंले कायम गर्नु भएको कीर्तिमानले अपाङता भएकाहरु पनि सपाङ जस्तै विश्व कीर्तिमान कायम गर्न सक्छन् भन्ने सकारात्मक संदेश संचार गरेको उहाँले भन्नुभयो,  ‘तपाईको कीर्तिमानले अपाङ्गता भएकाहरु अरुको भर दयामा मात्र बाँच्न सक्छन् भन्ने नकारात्मक सोचलाई परिवर्तन गर्न सहयोग पुग्ने विश्वास पनि मैले लिएको छु गौरवशाली उपलब्धिपछि मुलुकभर खुशी साटासाट भई रहेकै बेला तपाईलाई हार्दिक बधाईसहित सम्मान गर्दा गौरवको अनुभव गरिरहेको छु सम्मानीय उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्वतारोही बुढामगरको अद्भूत आत्मविश्वास, साहस सम्पूर्ण मानवजातिमा प्रेरणा जगाउने यो यात्रा निर्विध्न जारी रहोस् भन्दै प्रशंसा गर्नुभयो उहाँले पर्वतारोही बुढामगरको उज्जवल भविष्यको कामना गर्दै सुख, शान्ति, समृद्धि, सुस्वाथ्य, दीर्घायू तथा उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना समेत दिनु भएको

 

Recent Activities

31 Jan.
2025

सुचनाको हक सम्बन्धी ऐन बमोजिम सार्वजनिक गरिएको विवरण २०८१ कार्तिकदेखि २०८१ पुससम्म

Read More
24 Dec.
2024

सुचनाको हक सम्बन्धी ऐन बमोजिम सार्वजनिक गरिएको विवरण २०८१ श्रावणदेखि २०८१ असोजसम्म

Read More
09 Oct.
2024

सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूबाट विजया दशमीकव अवसरमा २०८१ असोज २६ गते शनिबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा देहाय बमोजिमको समय तालिका अनुसार टीका-प्रसाद प्रदान गर्नु हुने कार्यक्रम रहेको व्यहोरा जानकारीका लागि यो सुचना प्रकाशन गरिएको छ ।

Read More
04 Oct.
2024

सम्माननीय उपराष्ट्रपतिबाट पूजाआराधना तथा झण्डोत्तलन

Read More
02 Oct.
2024

प्रेस विज्ञप्ति

Read More
30 July
2024

सुचनाको हक सम्बन्धी ऐन बमोजिम सार्वजनिक गरिएको विवरण २०८० श्रावणदेखि २०८१ असारसम्म

Read More