सम्माननीय उपराष्ट्रपति नन्दबहादुर पुन 'पासाङ्ग'ज्यूबाट छठ पर्व २०७८ को अवसरमा दिनुभएको शुभकामना सन्देश

सम्माननीय उपराष्ट्रपति नन्दबहादुर पुन  'पासाङ्ग'ज्यूबाट छठ पर्व २०७८ को अवसरमा दिनुभएको

शुभकामना सन्देश

छठ-२०७८ को पावन अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु । 

बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवम् भौगोलिक विविधताले भरिपूर्ण धर्मनिरपेक्ष हाम्रो देश विविध धर्म, संस्कार र संस्कृतिले समृद्ध छ । विविधतायुक्त हाम्रा संस्कार संस्कृतिले राष्ट्रिय एकतालाई सुदृढ् समेत गर्दै आएका छन् । 

विशेष गरी तराई क्षेत्रमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरी मनाइने सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको छठ संसारकै मौलिक पर्व हो । पारिवारिक कल्याण, सन्तान सुख तथा मनोकामना पूरा हुने विश्वासका साथ मनाइने छठ पर्वले नेपालीहरुकाबीच आपसी सद्भाव, सहिष्णुता, भाइचारा र एकता अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ् गर्नेमा म विश्वस्त छु । 

विश्वव्यापी महामारी कोराना भाइरस (कोभिड-१९) को जोखिम अझै कायमै रहेकाले स्वास्थ्य सुरक्षाको नियम पूर्ण पालना गरी छठ मनाउन आग्रह गर्दछु । 

छठ पर्वको शुभकामना ।

धन्यवाद ।

२४ कात्तिक २०७८

Recent Activities

31 Jan.
2025

सुचनाको हक सम्बन्धी ऐन बमोजिम सार्वजनिक गरिएको विवरण २०८१ कार्तिकदेखि २०८१ पुससम्म

Read More
24 Dec.
2024

सुचनाको हक सम्बन्धी ऐन बमोजिम सार्वजनिक गरिएको विवरण २०८१ श्रावणदेखि २०८१ असोजसम्म

Read More
09 Oct.
2024

सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूबाट विजया दशमीकव अवसरमा २०८१ असोज २६ गते शनिबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा देहाय बमोजिमको समय तालिका अनुसार टीका-प्रसाद प्रदान गर्नु हुने कार्यक्रम रहेको व्यहोरा जानकारीका लागि यो सुचना प्रकाशन गरिएको छ ।

Read More
04 Oct.
2024

सम्माननीय उपराष्ट्रपतिबाट पूजाआराधना तथा झण्डोत्तलन

Read More
02 Oct.
2024

प्रेस विज्ञप्ति

Read More
30 July
2024

सुचनाको हक सम्बन्धी ऐन बमोजिम सार्वजनिक गरिएको विवरण २०८० श्रावणदेखि २०८१ असारसम्म

Read More