उपराष्ट्रपतिको कार्यालय

हरितगृह, लैनचौर

सम्पादन गर्ने कार्य

उपराष्ट्रपतिको कार्यालयको कार्य विवरण

  • संविधान बमोजिम उपराष्ट्रपतिले गर्नुपर्ने काम, कर्तव्य र अधिकारको पालना र प्रयोगका लागि आवश्यक सहयोग सम्बन्धी कार्यहरु ।
  • उपराष्ट्रपतिलाई देशको समसामयिक एवम् राजनैतिक, आर्थिक, प्रशासनिक, सञ्चार आदि विषयमा जानकारी गराउने तथा आवश्यक सल्लाह दिने सम्बन्धी कार्यहरु ।
  • सार्वजनिक सरोकारका निकाय तथा सार्वजनिक सेवा प्रवाह गर्ने निकायहरुको कार्यका सम्बन्धमा स्थलगत अध्ययन अवलोकन गराई सोबारे उपराष्ट्रपतिलाई जानकारी गराउने सम्बन्धी कार्यहरु ।
  • कार्यालयको दैनिक प्रशासन सञ्चालन तथा व्यवस्थापन, कार्यक्रम तर्जुमा र कार्यान्वयन तथा अनुगमन आदि जस्ता सामान्य प्रशासन सम्बन्धी कार्यहरु ।
  • नियुक्ति, पदस्थापन, जनशक्ति विकास, कार्य सम्पादन मूल्यांकन आदि जस्ता कर्मचारी प्रशासन सम्बन्धी कार्यहरु ।
  • सम्माननीयज्यूको आन्तरिक तथा वैदेशिक भ्रमणको व्यवस्थापन सम्बन्धी कार्यहरु ।
  • कार्यालय सम्बन्धी बजेट तर्जुमा, निकासा, खर्च, लेखापरीक्षण आदि जस्ता आर्थिक प्रशासन सम्बन्धी कार्यहरु ।
  • विभिन्न कूटनैतिक नियोग एवम् सरकारी तथा गैरसरकारी संघसंस्थाहरुबाट आएका प्रतिनिधि मण्डलको भेटघाट व्यवस्थापन सम्बन्धी कार्यहरु ।
  • उपराष्ट्रपतिको भ्रमणसम्बन्धी कार्यक्रमको व्यवस्थापन तथा निजको सम्बोधन, मनतव्य आदिको तयारी सम्बन्धी कार्यहरु ।
  • उपराष्ट्रपतिसमक्ष पेश हुन आएका निवेदन र पत्रहरुको व्यवस्थापन सम्बन्धी कार्यहरु ।
  • कार्यालयको सामान्य सुरक्षा व्यवस्थापन सम्बन्धी कार्यहरु ।
  • सवारी साधन तथा इन्धन व्यवस्थापन सम्बन्धी कार्यहरु ।
  • उपराष्ट्रपतिबाट आयोजना गरिने भेटघाट तथा जलपान कार्यक्रमको व्यवस्थापन सम्बन्धी कार्यहरु ।
  • आवश्यकता अनुसारका अन्य कार्यहरु ।

ताजा जानकारी

१४ बैशाख
२०८१

सुचनाको हक सम्बन्धी ऐन बमोजिम सार्वजनिक गरिएको विवरण २०८० माघदेखि चैत्र मसान्तसम्म

पुरा पढ्नुहोस्
१८ माघ
२०८०

सुचनाको हक सम्बन्धी ऐन बमोजिम सार्वजनिक गरिएको विवरण २०८० कार्तिकदेखि पौष मसान्तसम्म

पुरा पढ्नुहोस्
०४ मंसिर
२०८०

सुचनाको हक सम्बन्धी ऐन बमोजिम सार्वजनिक गरिएको विवरण २०८० श्रावणदेखि असोज मसान्तसम्म

पुरा पढ्नुहोस्
२२ श्रावण
२०८०

सूची दर्ता गरिएको सूचना

पुरा पढ्नुहोस्
१७ श्रावण
२०८०

सुचनाको हक सम्बन्धी ऐन बमोजिम सार्वजनिक गरिएको विवरण २०८० बैशाखदेखि असार मसान्तसम्म

पुरा पढ्नुहोस्
११ असार
२०८०

विवरण सम्बन्धमा

पुरा पढ्नुहोस्