उपराष्ट्रपतिको कार्यालय

हरितगृह, लैनचौर

परिचय

 

सम्माननीय उपराष्ट्रपति रामसहाय प्रसाद यादवसंक्षिप्त जीवनी

 

नाम  :           रामसहाय प्रसाद यादव

जन्म मिति :       वि.सं. २०२७ साउन ९ गते

जन्म स्थान :       जिल्ला बारा, साबिक गाउँ विकास समिति कचोर्वा वार्ड नं. ८, टोल : बसवरिया

                 हाल : जिल्ला बारा, सिम्रौनगढ नगरपालिका वार्ड नं. ९, बसवरिया

माता :            सिहवा देवी यादव

पिता :            प्रसाद राय यादव

पत्नी :            चम्पा देवी यादव

दाजू :            रामधारी प्रसाद यादव

दिदी :            राधिका देवी यादव, राजकली देवी यादव

बहिनी :          रुकमिला देवी यादव

छोरा :           शत्रुधन यादव, शशिभूषण यादव

छोरी :           सञ्जु यादव

 

शिक्षा :  बाराको बसवरियास्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयबाट प्रारम्भिक शिक्षा र कचोर्बास्थित श्री जनता निम्न माध्यमिक विद्यालयबाट निमावि तहको शिक्षा । बारा सिम्रौनगढस्थित श्री कंकाली माध्यमिक विद्यालयबाट २०४३ मा प्रवेशिका परीक्षा उत्तीर्ण । बिहार इन्टरमिडियट शिक्षा परिषद् पटना (भारत) बाट सन् १९९० मा विज्ञान/गणित विषयमा प्रविणता प्रमाणपत्र तह (आईएस्सी) उत्तीर्ण । बिहार मुजफ्फरपुरस्थित डा. बाबासाहेब भिमराव अम्वेडकर विश्वविद्यालय अन्तर्गत सीतामढीस्थित एसएलके महाविद्यालयबाट सन् १९९०/९३ मा स्नातक (बीएस्सी) उत्तीर्ण । त्रिभुवन विश्वविद्यालय अन्तर्गत वीरगंजस्थित ठाकुरराम बहुमुखी क्याम्पसबाट वि.सं. २०५५ मा शिक्षा शास्त्र (गणित) मा स्नातक (बीएड) उत्तीर्ण ।

 

पेशा : बारा कलैयास्थित पन्नादेवी कन्या माध्यमिक विद्यालयमा वि.सं. २०४८–२०६४ सम्म शिक्षण पेशामा आवद्ध ।

 

अध्यक्ष : वि.सं. २०४६–२०५२ सम्म सरस्वती नवयुवक क्लबका अध्यक्ष भई नेतृत्वदायी भूमिका निर्वाह ।

 

राजनीतिमा प्रवेश सगंठन  :

  • वि.सं. २०४७ मा नेपाल सद्भावना पार्टीमा आवद्ध । नेपाल शिक्षक मंच बाराको संस्थापक र शिक्षक मंचको केन्द्रीय समितिको कोषाध्यक्षको जिम्मेवारी ।
  • वि.सं. २०५० मा वीरगंजमा सम्पन्न नेपाल सद्भावना पार्टीको तेस्रो महाधिवेशनको पर्यवेक्षक । यसैगरी, विराटनगरमा सम्पन्न नेपाल सद्भावना पार्टीको चौथो महाधिवेशन प्रतिनिधि ।
  • वि.सं. २०५९ मा राजबिराजमा सम्पन्न नेपाल सद्भावना पार्टीको पाँचौं महाधिवेशनमा प्रतिनिधि ।
  • वि.सं. २०५९ मा मधेशी जनअधिकार फोरम नेपालमा आवद्ध ।
  • वि.सं. २०६० फागुन ७ मा मधेशी जनअधिकार फोरम नेपालको बाराको संस्थापक संयोजक (अध्यक्ष)  ।
  • वि.सं. २०६० मा पटना बैठकबाट मधेशी जनअधिकार फोरम  नेपालको केन्द्रीय सदस्य ।
  • वि.सं.२०६४ मा मधेशी जनअधिकार फोरम नेपाल निर्वाचन आयोगमा पार्टी दर्ता हुँदा केन्द्रीय सदस्य ।
  • वि.सं. २०६५ जेष्ठ १९ गते पार्टीको महासचिवको जिम्मेवारी ।
  • वि.सं. २०७२ मा मधेशी जनअधिकार फोरम नेपाल र संघीय समाजवादी पार्टी नेपाल एकीकरण भई गठन भएको संघीय समाजवादी फोरम नेपालको महासचिव नियुक्त ।
  • वि.सं. २०७५ मा संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपाल एकीकरण भई गठन भएको समाजवादी पार्टीको महासचिव नियुक्त ।
  • वि.सं. २०७६ मा समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) बीच एकीकरण भई गठित जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समिति सदस्य ।

 

आन्दोलन :

  • वि.सं. २०५७ मा नागरिकता सम्बन्धी संविधानको धारा जलाउने कार्यक्रममा काठमाडौंमा सहभागि भई गिरफ्तार ।
  • राजबिराज महाधिवेशनको क्रममा पार्टी एकता कायम राख्न सप्तरी सेवा आश्रममा आमरण अनसन । आनन्दी देवीद्वारा अनसन तोड्न लगाई आनन्दी देवीको नेतृत्वमा नेपाल सद्भावना पार्टी (आनन्दी ) गठन ।
  • २०६२/०६३ को जनआन्दोलनमा सक्रिय सहभागिता । जनआन्दोलनका क्रममा काठमाडौंमा पक्राउ ।
  • २०६३/६४ को मधेश जनविद्रोहमा बारा, पर्सा, रौतहट र कैलाली जिल्लामा आन्दोलनको नेतृत्वको जिम्मेवारी (आन्दोलनको क्रममा ६–७ पटक गिरफ्तार)
  • वि.सं. २०७२ मा मधेश आन्दोलनमा निधेषाज्ञा तोड्ने क्रममा प्रहरीको लाठी प्रहारबाट सख्त घाइते ।
  • नेपाल–भारत १० गजा क्षेत्रको वीरगंज मितेरीपुलमा लगातार धर्ना (लगभग ६ महिना) ।

 

संघर्ष :  असमानता, विभेद, र अन्याय, अशिक्षा, सामाजिक कुरीति र गरीबीविरुद्धको हरेक मोर्चामा संघर्ष गर्दै नेपालमा गणतन्त्र, संघीयता, समानुपातिक समावेशिताका लागि महत्वपूर्ण योगदान ।

 

चुनाव :

  • संविधान सभा : वि.सं.२०६४ को पहिलो संविधान सभामा संविधान सभा सदस्यमा निर्वाचित । पहिलो संविधानसभामा अन्तर्राष्ट्रिय सम्बन्ध तथा संवैधानिक निकाय समितिको सदस्य ।

 

प्रतिनिधि सभा :

  • वि.सं. २०७४ मा प्रतिनिधिसभामा बारा क्षेत्र नं. २ बाट निर्वाचित ।
  • वि.सं. २०७९ को प्रतिनिधिसभामा बारा क्षेत्र नं. २ बाट निर्वाचित । यसै वर्ष जनता समाजवादी पार्टी नेपालको संसदीय दलको नेतामा चयन ।

 

मन्त्री :  वि.सं. २०७८ मा वन तथा वातावरण मन्त्री ।

 

उपराष्ट्रपति : वि.सं. २०७९ फागुन २७ गते जनता समाजवादी पार्टीका तर्फबाट उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता । वि.सं. २०७९ चैत ३ गते उपराष्ट्रपतिमा विजयी । वि.सं. २०७९ चैत ६ गते उपराष्ट्रपतिको रुपमा पद तथा गोपनीयताको शपथग्रहण । 

 

रुचि : समाज सेवा, पत्रपत्रिका पढ्ने, खेलकूद, संगीत, नयाँ–नयाँ ठाउँको अवलोकन भ्रमण ।

 

विदेश भ्रमण र प्रतिनिधि मण्डलमा सहभागिता :

  • ई.सं. २००९ मा भएको संयुक्त राष्ट्रसंघको महासम्मेलनमा न्यूयोर्कमा प्रतिनिधि मण्डलको सदस्यमा सहभागी ।
  • वि.सं. २०७४ मा पोल्याण्डमा सम्माननीय राष्ट्रपतिज्यूको उच्चस्तरीय प्रतिनिधि मण्डलमा सहभागी ।
  • वि.सं. २०७८ मा जलवायु सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (सीओपी २६) सम्मेलनमा उच्चस्तरीय प्रतिनिधि मण्डलमा सहभागी (तत्कालिन प्रधानमन्त्री शेरवहादुर देउवाको नेतृत्वमा वन तथा वातावरण मन्त्रीको हैसियतमा सहभागिता) ।
  • चिनियाँ कम्यूनिष्ट पार्टीको निमन्त्रणमा चीन भ्रमण ।
  • पार्टी तथा सरकारको प्रतिनिधिका रुपमा अमेरिका, पोल्याण्ड, चीन, बेलायत, वेल्जियम र युनाइटेड अरब इमिरेट्स(यूएई) विदेश भ्रमण  ।

 

समाप्त

 

 

 

 

ताजा जानकारी

१४ बैशाख
२०८१

सुचनाको हक सम्बन्धी ऐन बमोजिम सार्वजनिक गरिएको विवरण २०८० माघदेखि चैत्र मसान्तसम्म

पुरा पढ्नुहोस्
१८ माघ
२०८०

सुचनाको हक सम्बन्धी ऐन बमोजिम सार्वजनिक गरिएको विवरण २०८० कार्तिकदेखि पौष मसान्तसम्म

पुरा पढ्नुहोस्
०४ मंसिर
२०८०

सुचनाको हक सम्बन्धी ऐन बमोजिम सार्वजनिक गरिएको विवरण २०८० श्रावणदेखि असोज मसान्तसम्म

पुरा पढ्नुहोस्
२२ श्रावण
२०८०

सूची दर्ता गरिएको सूचना

पुरा पढ्नुहोस्
१७ श्रावण
२०८०

सुचनाको हक सम्बन्धी ऐन बमोजिम सार्वजनिक गरिएको विवरण २०८० बैशाखदेखि असार मसान्तसम्म

पुरा पढ्नुहोस्
११ असार
२०८०

विवरण सम्बन्धमा

पुरा पढ्नुहोस्