सम्माननीय उपराष्ट्रपति रामसहाय प्रसाद यादवले २०७९ चैत्र ६ गते नेपालको तेस्रो उपराष्ट्रपतिका रुपमा पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभयो । यसअघि उहाँले आफ्नो जीवन मधेशी, दलित, मुस्लिम, अल्पसंख्यक, सीमान्तकृत, उपेक्षित, उत्पीडित, अपहेलित, दमित, शोषित, पिछडा र कमजोर वर्ग लगायतको समावेशिता, समानता, समता र सहअतित्वको पक्षमा सशक्त रुपमा आवाज उठाउँदै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको मूल्यमान्यतालाई सवल, सुदृद्ध एवं बलियो बनाउनका लागि संधै आफुलाई समर्पित गर्दै आउनु भएको थियो । हाल, नेपालको संविधानले निर्दिष्ट गरेका क्षेत्राधिकार भित्र रही सम्माननीय उपराष्ट्रपतिको रुपमा उहाँले संविधानको साथै सबै जातजाति, भाषाभाषी, धर्म, संस्कृति, क्षेत्र र भूगोलका आम नागरिकलाई एकताबद्ध बनाउँदै देशको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता र नेपाली आमजनको स्वतन्त्रतालाई बलियो बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनु भएको छ ।
विस्तृत..
नेपालको संविधानको धारा ६७ ले नेपालमा एक उपराष्ट्रपति रहने व्यवस्था गरेको छ । सो बमोजिम राष्ट्रपतिको अनुपस्थितिमा राष्ट्रपतिबाट गरिने कार्यहरु उपराष्ट्रपतिबाट सम्पादन गरिने प्रावधान रहेको छ । देशको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण्ण राखी जनताको सार्वभौम अधिकार, स्वायत्तता र स्वशासनको अधिकारलाई आत्मसात् गर्न यस मर्यादित संस्थाको भूमिका रहन्छ । राष्ट्र र राष्ट्रियताप्रति नागरिकहरुको आदरभाव र राष्ट्रिय एकतामा वृद्धि गर्न सम्माननीय उपराष्ट्रपतिज्यूलाई नागरिक समाज, संघसस्था एवम् नागरिकहरुले आयोजना गर्ने धार्मिक, सामाजिक, सांस्कृतिक एवम् विकास निर्माण समेतका कार्यक्रममा प्रमुख अतिथिको रुपमा निमन्त्रणा प्राप्त हुनुका साथै विभिन्न मित्रराष्ट्रका राष्ट्रिय ... विस्तृत..