उपराष्ट्रपतिको कार्यालय

हरितगृह, लैनचौर

सम्माननीय उपराष्ट्रपति श्री नन्दबहादुर पुन 'पासाङ्ग'ज्यूबाट २०७८ सालको तिहारको अवसरमा दिनुभएको शुभकामना सन्देश

सम्माननीय उपराष्ट्रपति श्री नन्दबहादुर पुन 'पासाङ्ग'ज्यूबाट २०७८ सालको तिहारको अवसरमा दिनुभएको

शुभकामना सन्देश

उज्यालो र उल्लासको पर्वको रुपमा मनाइने नेपालीहरुको महान् चाड तिहारको अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिको साथै मुलुकको समृद्धिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । 

बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक र भौगोलिक विविधताले भरिपूर्ण हाम्रो देश विविध धर्म, संस्कार संस्कृतिले अत्यन्त धनी छ । विविधतायुक्त धर्म, संस्कार संस्कृतिले हाम्रो राष्ट्रिय एकतालाई मजबुत बनाउँदै आएका छन् । महान् चाड तिहारले नेपालीहरुकाबीच आपसी सद्भाव, सहिष्णुता, भाइचारा र एकता अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप बलियो बनाउनेमा विश्वस्त छु । 

जनताको लामो संघर्षपछि देशमा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्था राजनीतिक परिवर्तनहरु प्राप्त भएका छन् । यी परिवर्तनहरुलाई संविधानले संस्थागत गरेसँगै देश स्थायी शान्ति, दिगो विकास, राजनीतिक स्थायित्व र प्रत्येक नेपाली जनताको आर्थिक सामाजिक रुपान्तरणसहितको समुन्नती र समृद्धिको मार्गमा छ । उज्यालो र उल्लासको पर्व तिहारले संविधानको पूर्ण पालनसँगै राजनीतिक स्थायित्व, दिगो विकास, राष्ट्रिय एकता, आर्थिक सामाजिक रुपान्तरणसहितको समृद्ध राष्ट्र निर्माणका लागि सबै नेपालीलाई उर्जा थप्ने विश्वास लिएको छु । 

हाम्रा मौलिक चाड पर्वहरु नेपाली संस्कृतिको रुपमा विकास भइरहेका छन् । नेपालका सबै खाले चाड पर्वहरुको संरक्षण र संवर्द्धन गर्नु हामी सबैको दायित्व हो । तर, पछिल्ला समय चाड पर्व मनाउने क्रममा विकृतिहरु पनि देखा पर्न थालेका छन् । हाम्रा चाड पर्वमा आइरहेका विकृतिहरुलाई रोक्दै र भइरहेका केहीं परम्परागत अन्धविश्वास हटाउँदै चाड पर्वको मौलिकता जोगाउनेतर्फ सबैले ध्यान दिनुपर्दछ ।

तिहारको शुभकामना ।

धन्यवाद ।

 

२० कात्तिक २०७८

ताजा जानकारी

१८ माघ
२०८१

सुचनाको हक सम्बन्धी ऐन बमोजिम सार्वजनिक गरिएको विवरण २०८१ कार्तिकदेखि २०८१ पुससम्म

पुरा पढ्नुहोस्
०९ पुस
२०८१

सुचनाको हक सम्बन्धी ऐन बमोजिम सार्वजनिक गरिएको विवरण २०८१ श्रावणदेखि २०८१ असोजसम्म

पुरा पढ्नुहोस्
२३ असोज
२०८१

सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूबाट विजया दशमीकव अवसरमा २०८१ असोज २६ गते शनिबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा देहाय बमोजिमको समय तालिका अनुसार टीका-प्रसाद प्रदान गर्नु हुने कार्यक्रम रहेको व्यहोरा जानकारीका लागि यो सुचना प्रकाशन गरिएको छ ।

पुरा पढ्नुहोस्
१८ असोज
२०८१

सम्माननीय उपराष्ट्रपतिबाट पूजाआराधना तथा झण्डोत्तलन

पुरा पढ्नुहोस्
१६ असोज
२०८१

प्रेस विज्ञप्ति

पुरा पढ्नुहोस्
१५ श्रावण
२०८१

सुचनाको हक सम्बन्धी ऐन बमोजिम सार्वजनिक गरिएको विवरण २०८० श्रावणदेखि २०८१ असारसम्म

पुरा पढ्नुहोस्