उपराष्ट्रपतिको कार्यालय

हरितगृह, लैनचौर

सम्माननीय उपराष्ट्रपति श्री नन्दबहादुर पुन 'पासाङ्ग'ज्यूबाट बडा दशैं २०७८ को अवसरमा दिनुभएको शुभकामना सन्देश

सम्माननीय उपराष्ट्रपति श्री नन्दबहादुर पुन 'पासाङ्ग'ज्यूबाट बडा दशैं २०७८ को अवसरमा दिनुभएको

शुभकामना सन्देश

नेपालीहरुको महान् चाड बडा दशैं-२०७८ लाई स्वागत गरिसकेका छौँ । देश तथा विदेशमा रहनुभएका हिन्दू धर्मावलम्बी लगायतका नेपाली दिदीबहिनी तथा दाजुभाइहरूले दशैं मनाइरहनुभएको छ । बडा दशैं-२०७८ को पावन अवसरमा राष्ट्रको निरन्तर समुन्नती, समृद्धिका साथै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, सु-स्वास्थ्य समृद्धि एवम् उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । 

हाम्रो देश नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक र भागौलिक विविधताले भरिपूर्ण धर्मनिरपेक्ष राष्ट्र हो । हाम्रो देश विविधतायुक्त भाषा, धर्म, संस्कार-संस्कृतिले अत्यन्त भरिपूर्ण छ । संविधानले सबै धार्मिक, सांस्कृतिक, भाषिक समुदायलाई आफ्नो धर्म, संस्कृतिको संरक्षण एवम् सम्वर्द्धन गर्न पाउने अधिकार प्रत्याभूत गरेको छ । 

देशमा मनाइने सबै खाले धार्मिक तथा सांस्कृतिक चाड पर्वहरूले नेपालीहरूकाबीच आपसी सद्भाव, सहिष्णुता, भाइचारालाई सुदृढ् गर्दै राष्ट्रिय एकतालाई प्रवर्द्धन गर्दै आइरहेका छन् । बडा दशैंको यस पावन पर्वको माध्यामबाट नेपालीहरुकाबीच आपसी सद्भाव, सहिष्णुता, भाइचाराको अभिवृद्धि र राष्ट्रिय एकता अझै बलियो हुँदै जाने कुरामा विश्वस्त छु । 

नेपाली जनताको लामो संघर्षबाट देशमा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्था जस्ता राजनीतिक उपलब्धी प्राप्त भएका छन् । यी उपलब्धीलाई संस्थागत गरेर नयाँ संविधान बनेसँगै देश स्थायी शान्ति, दिगो विकास, राजनीतिक स्थायित्व र प्रत्येक नेपाली जनताको आर्थिक सामाजिक रुपान्तरणसहितको समुन्नती र समृद्धिको मार्गमा अग्रसर छ । यसबीचमा संविधानको पालन र राजनीतिक स्थायित्वमा केहीं चुनौती सृजना भए तापनि मुलुक लयमा फर्किएर विकास र समृद्धिको मार्गमा अगाडि बढिरहेको छ । बडा दशैंले राजनीतिक स्थायित्व, संविधानको पालन, दिगो विकास, राष्ट्रिय एकता, आर्थिक सामाजिक रुपान्तरणसहितको समृद्ध राष्ट्र निर्माणको लागि सबै नेपालीहरुलाई एकताबद्ध गर्दै आपसी सहमति, सहयोग र सहकार्यको बाटोमा अघि बढ्न सबैलाई प्रेरित गर्ने अपेक्षा लिएको छु । 

बडा दशैंको अवसरमा मलाई तथा यस कार्यालयमा शुभकामना सन्देश पठाउनु हुने सबै संघ, संस्था तथा महानुभावहरूमा हार्दिक आभार व्यक्त गर्दछु । 

२९ असोज २०७८

 

ताजा जानकारी

१४ बैशाख
२०८१

सुचनाको हक सम्बन्धी ऐन बमोजिम सार्वजनिक गरिएको विवरण २०८० माघदेखि चैत्र मसान्तसम्म

पुरा पढ्नुहोस्
१८ माघ
२०८०

सुचनाको हक सम्बन्धी ऐन बमोजिम सार्वजनिक गरिएको विवरण २०८० कार्तिकदेखि पौष मसान्तसम्म

पुरा पढ्नुहोस्
०४ मंसिर
२०८०

सुचनाको हक सम्बन्धी ऐन बमोजिम सार्वजनिक गरिएको विवरण २०८० श्रावणदेखि असोज मसान्तसम्म

पुरा पढ्नुहोस्
२२ श्रावण
२०८०

सूची दर्ता गरिएको सूचना

पुरा पढ्नुहोस्
१७ श्रावण
२०८०

सुचनाको हक सम्बन्धी ऐन बमोजिम सार्वजनिक गरिएको विवरण २०८० बैशाखदेखि असार मसान्तसम्म

पुरा पढ्नुहोस्
११ असार
२०८०

विवरण सम्बन्धमा

पुरा पढ्नुहोस्