उपराष्ट्रपतिको कार्यालय

हरितगृह, लैनचौर

सम्माननीय उपराष्ट्रपति नन्दबहादुर पुन 'पासाङ्ग'ज्यूबाट नेपाल संवत् नव वर्ष ११४२ को अवसरमा दिनुभएको शुभकामना सन्देश

सम्माननीय उपराष्ट्रपति नन्दबहादुर पुन 'पासाङ्ग'ज्यूबाट नेपाल संवत् नव वर्ष ११४२ को अवसरमा दिनुभएको

शुभकामना सन्देश

आजबाट नेपालको मौलिक संवत् नेपाल संवत् ११४१ विदा भइ ११४२ शुभारम्भ भएको छ । नेपाल संवत् ११४२ को पावन अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

प्रगतिशील सामाजिक अभियान्ता तथा नेपालका राष्ट्रिय विभूति शंखधर साख्वाले आफ्नो व्यक्तिगत सम्पत्तिबाट गरिब किसान जनतालाई ऋण मुक्त गरी सुरु गर्नुभएको नेपाल संवत् नेपालको मौलिक राष्ट्रिय संवत् हो । यस अवसरमा नेपाल संवत्का प्रवर्तक, राष्ट्रिय विभूति शंखधर साख्वाले प्रगतिशील सामाजिक रुपान्तरणमा पुर्‍याउनु भएको योगदानप्रति उच्च सम्मान व्यक्त उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।

हाम्रो मौलिक राष्ट्रिय संवत् भए तापनि नेपाल संवत् व्यावहारिक प्रयोगमा आउन सकिरहेको छैन । हाम्रो आफ्नो मौलिकता र पहिचानका लागि नेपाल संवत्लाई प्रवर्द्धन गर्न र व्यावहारिक प्रयोगमा ल्याउन आवश्यक छ । नेपाल संवत् ११४२ ले यो संवत्को प्रवद्र्धन र व्यावहारिक प्रयोगका लागि सबैलाई प्रेरणा दिने विश्वास लिएको छु । 

नेपाल संवत् ११४२ को हार्दिक शुभकामना ।

धन्यवाद ।

१९ कात्तिक २०७८

ताजा जानकारी

१७ बैशाख
२०८२

सुचनाको हक सम्बन्धी ऐन बमोजिम सार्वजनिक गरिएको विवरण २०८१ माघदेखि २०८१ चैत्रसम्म

पुरा पढ्नुहोस्
१८ माघ
२०८१

सुचनाको हक सम्बन्धी ऐन बमोजिम सार्वजनिक गरिएको विवरण २०८१ कार्तिकदेखि २०८१ पुससम्म

पुरा पढ्नुहोस्
०९ पुस
२०८१

सुचनाको हक सम्बन्धी ऐन बमोजिम सार्वजनिक गरिएको विवरण २०८१ श्रावणदेखि २०८१ असोजसम्म

पुरा पढ्नुहोस्
२३ असोज
२०८१

सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूबाट विजया दशमीकव अवसरमा २०८१ असोज २६ गते शनिबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा देहाय बमोजिमको समय तालिका अनुसार टीका-प्रसाद प्रदान गर्नु हुने कार्यक्रम रहेको व्यहोरा जानकारीका लागि यो सुचना प्रकाशन गरिएको छ ।

पुरा पढ्नुहोस्
१८ असोज
२०८१

सम्माननीय उपराष्ट्रपतिबाट पूजाआराधना तथा झण्डोत्तलन

पुरा पढ्नुहोस्
१६ असोज
२०८१

प्रेस विज्ञप्ति

पुरा पढ्नुहोस्