उपराष्ट्रपतिको कार्यालय

हरितगृह, लैनचौर

सम्माननीय उपराष्ट्रपति श्री नन्द बहादुर पुन 'पासाङ्ग'ज्यूबाट प्रजातन्त्र दिवस २०७८ को अवसरमा दिनुभएको शुभकामना सन्देश

सम्माननीय उपराष्ट्रपति श्री नन्द बहादुर पुन 'पासाङ्ग'ज्यूबाट प्रजातन्त्र दिवस २०७८ को अवसरमा दिनुभएको

शुभकामना सन्देश

ऐतिहासिक जनआन्दोलनमार्फत् सार्वभौम नेपाली जनताले निरंकुश राणा शासन ढालेर प्रजातन्त्र स्थापना गरेको गौरवपूर्ण र अविस्मरणीय दिन प्रजातन्त्र दिवस-२०७८ को अवसरमा सम्पूर्ण नेपाली दिदी-बहिनी तथा दाजुभाइहरुमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु । प्रजातन्त्र प्राप्तीका लागि भएको आन्दोलनमा आफ्नो जीवनको आहूती दिनुहुने महान वीर वीरंगनाहरुलाई स्मरण गर्दै यस अवसरमा उहाँहरुप्रति श्रद्धासुमन अर्पण गर्दछु ।

प्रजातन्त्र प्राप्तीपछि पनि नेपाली जनताले विभिन्न कालखण्डमा ऐतिहासिक जनआन्दोलन तथा सशस्त्र संघर्ष गर्नुपर्‍यो । विभिन्न कालखण्डमा भएका सशस्त्र संघर्ष, जनआन्दोलन, जनयुद्ध र २०६२/६३ को ऐतिहासिक जनआन्दोलनबाट प्राप्त भएको गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्था लगायतका राजनीतिक उपब्धीहरुलाई संविधानले संस्थागत गरिसकेको छ । यी उपलब्धीहरुको संरक्षण र रक्षामा हामी सबैले जोड दिनुपर्दछ ।

प्रजातन्त्र दिवस-२०७८ ले देशको भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधिनता र नेपाली जनताको स्वतन्त्रतालाई अझै सुदृढ् गर्दै देशलाई विकास र समृद्धिको मार्गमा अगाडि बढ्न प्रेरणा दिने अपेक्षा लिएको छु । प्रजातन्त्र दिवसको शुभकमना । 

धन्यवाद ।

७ फागुन २०७८

ताजा जानकारी

१८ माघ
२०८१

सुचनाको हक सम्बन्धी ऐन बमोजिम सार्वजनिक गरिएको विवरण २०८१ कार्तिकदेखि २०८१ पुससम्म

पुरा पढ्नुहोस्
०९ पुस
२०८१

सुचनाको हक सम्बन्धी ऐन बमोजिम सार्वजनिक गरिएको विवरण २०८१ श्रावणदेखि २०८१ असोजसम्म

पुरा पढ्नुहोस्
२३ असोज
२०८१

सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूबाट विजया दशमीकव अवसरमा २०८१ असोज २६ गते शनिबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा देहाय बमोजिमको समय तालिका अनुसार टीका-प्रसाद प्रदान गर्नु हुने कार्यक्रम रहेको व्यहोरा जानकारीका लागि यो सुचना प्रकाशन गरिएको छ ।

पुरा पढ्नुहोस्
१८ असोज
२०८१

सम्माननीय उपराष्ट्रपतिबाट पूजाआराधना तथा झण्डोत्तलन

पुरा पढ्नुहोस्
१६ असोज
२०८१

प्रेस विज्ञप्ति

पुरा पढ्नुहोस्
१५ श्रावण
२०८१

सुचनाको हक सम्बन्धी ऐन बमोजिम सार्वजनिक गरिएको विवरण २०८० श्रावणदेखि २०८१ असारसम्म

पुरा पढ्नुहोस्