उपराष्ट्रपतिको कार्यालय

हरितगृह, लैनचौर

सम्माननीय उपराष्ट्रपति श्री नन्दबहादुर पुन 'पासाङ्ग'ज्यूबाट राष्ट्रिय जनगणनाको सन्दर्भमा दिनुभएको सन्देश

सम्माननीय उपराष्ट्रपति श्री नन्दबहादुर पुन 'पासाङ्ग'ज्यूबाट २०७८ कात्तिक २५ गतेबाट सुरु भइ मंसिर ९ गतेसम्म सञ्चालन हुने बाह्रौँ राष्ट्रिय जनगणना-२०७८ प्रारम्भको अवसरमा दिनुभएको 

सन्देश 

प्रत्येक दश वर्षमा हुने राष्ट्रिय जनगणनाको बाह्रौँ शृङखला अर्थात् बाह्रौँ राष्ट्रिय जनगणना-२०७८ आज (२०७८ कात्तिक २५ गते) बाट प्रारम्भ हुँदैछ । नेपालमा जनगणना सुरु भएको शताब्दी बढी भइसके तापनि संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ संविधान जारी भएपछिको पहिलो जनगणना भएकोले बाह्रौँ राष्ट्रिय जनगणनाको विशिष्ट महत्व छ । 

राष्ट्रिय उत्सवको रुपमा आजबाट सुरु भइ मंसिर ९ गतेसम्म सञ्चालन हुने राष्ट्रिय जनगणनाको भव्य सफलताको शुभकामना व्यक्त गर्दछु । राष्ट्रिय जनगणनामा सक्रिय सहभागी हुन र यो राष्ट्रिय अभियानलाई सफल बनाउन म देशबासी दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक अनुरोध गर्दछु । 

हाम्रो देश बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त धर्मनिरपेक्ष मुलुक हो । जनगणना तथ्याङ्क प्रणालीको मेरुदण्ड र विकासको आधार भएकाले जनताको जीवनस्तर, कूल जनसंख्या, जातीय, भाषिक, धार्मिक समुदाय तथा भौगोलिक अवस्थितिको जनसंख्या यसैबाट प्राप्त हुन्छ । जनगणनाबाट प्राप्त तथ्याङ्कका आधारमा नै विकास निर्माणका योजना तर्जुमा, सामाजिक सुरक्षा कार्यक्रम तय, शिक्षा, स्वास्थ्य र सुरक्षा जस्ता संविधान प्रदत्त जनताका मौलिक हक अधिकार तथा आधारभूत आवश्यकता पूरा गर्न आवश्यक पर्ने स्रोतको आँकलन गरिन्छ । त्यसैले जनगणना सरकारको मात्रै नभएर आम जनताको आवश्यकता हो ।

म सम्पूर्ण देशवासी दिदीबहिनी तथा दाजुभाइहरुमा जनगणनाका लागि घर आँगनमा आउनुहुने गणकहरुलाई निर्धक्क आफ्नो सत्य तथ्य विवरण उपलब्ध गराई सहयोग गर्न अपील गर्दछु । साथै राष्ट्रिय जनगणनामा प्रत्येक नेपाली जनताले दिनुहुने व्यक्तिगत विवरणलाई जस्ताको त्यस्तै उल्लेख गरी यथार्थ विवरण संकलन गर्न सम्पूर्ण गणक मित्रहरुलाई आग्रह गर्दछु । 

धन्यवाद ।

२५ कात्तिक २०७८ 

ताजा जानकारी

१८ माघ
२०८१

सुचनाको हक सम्बन्धी ऐन बमोजिम सार्वजनिक गरिएको विवरण २०८१ कार्तिकदेखि २०८१ पुससम्म

पुरा पढ्नुहोस्
०९ पुस
२०८१

सुचनाको हक सम्बन्धी ऐन बमोजिम सार्वजनिक गरिएको विवरण २०८१ श्रावणदेखि २०८१ असोजसम्म

पुरा पढ्नुहोस्
२३ असोज
२०८१

सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूबाट विजया दशमीकव अवसरमा २०८१ असोज २६ गते शनिबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा देहाय बमोजिमको समय तालिका अनुसार टीका-प्रसाद प्रदान गर्नु हुने कार्यक्रम रहेको व्यहोरा जानकारीका लागि यो सुचना प्रकाशन गरिएको छ ।

पुरा पढ्नुहोस्
१८ असोज
२०८१

सम्माननीय उपराष्ट्रपतिबाट पूजाआराधना तथा झण्डोत्तलन

पुरा पढ्नुहोस्
१६ असोज
२०८१

प्रेस विज्ञप्ति

पुरा पढ्नुहोस्
१५ श्रावण
२०८१

सुचनाको हक सम्बन्धी ऐन बमोजिम सार्वजनिक गरिएको विवरण २०८० श्रावणदेखि २०८१ असारसम्म

पुरा पढ्नुहोस्