उपराष्ट्रपतिको कार्यालय

हरितगृह, लैनचौर

सम्माननीय उपराष्ट्रपति श्री नन्दबहादुर पुन 'पासाङ्ग'ज्यूबाट बुद्ध जयन्तीमा दिनुभएको शुभकामना सन्देश

सम्माननीय उपराष्ट्रपति श्री नन्दबहादुर पुन 'पासाङ्ग'ज्यूबाट २५६५ औं बुद्ध जयन्ती तथा किरात राई, याक्खा, सुनुवार, लिम्बु समुदायको प्रमुख चाड उभौली पर्व, चण्डीपूर्णिमाको शुभ अवसरमा दिनुभएको

शुभकामना सन्देश

विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड-१९) को दोस्रो लहरले देशलाई आक्रान्त बनाइरहेको समयमा विश्व शान्तिका अग्रदूत, बुद्ध धर्मका प्रवर्तक गौतम बुद्धको २५६५ औँ जन्म जयन्ती तथा किरात राई, याक्खा, सुनुवार, लिम्बु समुदायको प्रमुख चाड उभौली पर्व, चण्डीपूर्णिमा आइपुगेको छ । गौतम बुद्ध जयन्तीको अवसरमा सम्पूर्ण नेपाली र विश्वभरका बौद्ध धर्मावलम्बीहरुमा सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु । उभौली पर्व, चण्डीपूर्णिमाको अवसरमा सम्पूर्ण किरात राई, याक्खा, सुनुवार, लिम्बु समुदाय र सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु । 

तीव्र रुपमा फैलिरहेको कोरोना भाइरस नियन्त्रणका लागि देशका अधिकांश जिल्लाहरु निषेधाज्ञामा छन् । निषेधाज्ञाले दैनिक जनजीवन कष्टकर बने पनि भाइरस नियन्त्रणका लागि अर्को विकल्प छैन । यो विषम परिस्थितिमा बुद्ध जयन्ती र उभौली, चण्डीपूर्णिमा पर्व घरमै बसेर मनाउन म सबैलाई अपील गर्दछु । 

निषेधाज्ञाको समयमा पनि कोरोना भाइरस संक्रमण र मृत्युदर बढिरहनु ज्यादै दुःखद हो । निषेधाज्ञाको अवधिमा कोरोना भाइरस परिक्षणलाई तीव्र बनाउन र संक्रमितहरुको प्रभावकारी उपचारमा ध्यान दिन म सबै तहका सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । साथै, कोरोना भाइरसविरुद्धको खोप अभियानलाई व्यवस्थितरुपमा तीव्र बनाउन ध्यानाकर्षण गराउन चाहन्छु । 

यो महाव्याधीविरुद्धको संघर्ष, सरकार, चिकित्सक तथा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको प्रयासले मात्रै जितिदैन । यसमा आम जनताको पूर्ण साथ र सहयोग चाहिन्छ । म कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेका नियमहरुको पूर्ण पालना गर्न, आफू सुरक्षित रहन र अरुलाई पनि सुरक्षित राख्ने भूमिका निर्वाह गर्न आम दिदीबहिनी तथा दाजुभाइहरुलाई अपील गर्दछु ।

कोरोना भाइरसको दोस्रो लहरविरुद्ध लड्न र विजय प्राप्त गर्न गौतम बुद्धले दिनुभएका उपदेशहरु अझै सान्दर्भिक बनेका छन् । उहाँले दिनुभएका उपदेशहरुलाई हृदयंगम् एवम् आत्मसात् गर्न सकिएमा कोरोना भाइरसलगायत मानव समुदायका साझा सत्रुविरुद्ध लड्न प्रेरणा मिल्नुका साथै राष्ट्र तथा विश्वमा नै बन्धुत्व, सद्भाव र दिगो शान्तिको स्थापना हुने विश्वास लिएको छु ।

धन्यवाद ।

१२ जेठ २०७८

 

ताजा जानकारी

१४ बैशाख
२०८१

सुचनाको हक सम्बन्धी ऐन बमोजिम सार्वजनिक गरिएको विवरण २०८० माघदेखि चैत्र मसान्तसम्म

पुरा पढ्नुहोस्
१८ माघ
२०८०

सुचनाको हक सम्बन्धी ऐन बमोजिम सार्वजनिक गरिएको विवरण २०८० कार्तिकदेखि पौष मसान्तसम्म

पुरा पढ्नुहोस्
०४ मंसिर
२०८०

सुचनाको हक सम्बन्धी ऐन बमोजिम सार्वजनिक गरिएको विवरण २०८० श्रावणदेखि असोज मसान्तसम्म

पुरा पढ्नुहोस्
२२ श्रावण
२०८०

सूची दर्ता गरिएको सूचना

पुरा पढ्नुहोस्
१७ श्रावण
२०८०

सुचनाको हक सम्बन्धी ऐन बमोजिम सार्वजनिक गरिएको विवरण २०८० बैशाखदेखि असार मसान्तसम्म

पुरा पढ्नुहोस्
११ असार
२०८०

विवरण सम्बन्धमा

पुरा पढ्नुहोस्