उपराष्ट्रपतिको कार्यालय

हरितगृह, लैनचौर

सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूले १६औं गणतन्त्र दिवस–२०८० को उपलक्ष्यमा दिनु भएको शुभकामना सन्देश

गणतन्त्र दिवस२०८० को शुभकामना सन्देश

नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको ऐतिहासिक दिन जेष्ठ १५ को सम्झनालाई चिरस्थायी बनाउन प्रत्येक वर्ष राष्ट्रिय पर्वका रुपमा मनाइने गणतन्त्र दिवसको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजूभाइहरुमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु । लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ आफ्नो अमूल्य जीवनको आहूति दिने अमर शहीदहरुप्रति हार्दिक भावपूर्ण श्रद्धासुमन अर्पण गर्दछु । ऐतिहासिक जनआन्दोलन, सशस्त्र आन्दोलन, मधेश जनविद्रोह, आदिवासी, जनजाति र विभिन्न जनसमुदायको अधिकार प्राप्तिको संघर्षहरुमा सहभागी भई घाइते र अंगभग भएका सबैप्रति उच्च सम्मान र आभार प्रकट गर्दछु । साथै, यी आन्दोलन र संर्घषहरुको अगुवाइ गर्ने अग्रज नेताहरु, जनसमुदाय, नागरिक समाज, संचारकर्मी लगायत सबैको उच्च सम्मानसहित उच्च प्रशंसा गर्दछु । 

नेपालको संविधानले गणतन्त्र, संघीयता, समानता, समावेशिता र कानूनी राज्यलाई अंगिकार गरेको छ । यसैका आधारमा नेपालको कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका, शासन र प्रशासनमा सिंगो मुलुकभित्रको बहुरुप र विविधता झल्किने प्रारुप एउटा साझा चौतारी र फूलबारी झै देख्न सकिरहेका छौं । यसलाई थप परिस्कृत, सु–संस्कृत, मर्यादित, रुपान्तरित र व्यवस्थित गर्नुपर्ने कर्तव्य, दायित्व र जिम्मेवारी हामी सबैको काँधमा आइपरेको स्मरण गराउन चाहन्छु । ‘विविधतामा एकता’ हाम्रो मौलिक राष्ट्रिय पहिचान हो । गणतन्त्र दिवसलाई सबैले देशको संविधानको सुरक्षासंगै गणतन्त्र, संघियता, समानुपातिक समावेशिता, समानता, समाजवाद तथा मुलुकको समरसता एवं शान्ति र विकासको लागि प्रतिज्ञा र प्रतिबद्धता व्यक्त गर्ने अवसरको रुपमा लिनु पर्दछ ।

हाम्रो गणतान्त्रिक संवैधानिक व्यवस्था प्रणालीले बहुभाषा, बहुसंस्कृति, बहु–भेषभूषा आदिलाई संरक्षण मात्र गरेको छैन, सबै क्षेत्र, भूगोल, सम्प्रदाय, धर्म, संस्कृतिलाई जोड्ने काम पनि गरेको छ । पूर्व–पश्चिम, मधेश, पहाड र हिमाललाई एकताको सूत्रमा बाँध्ने काम पनि यसले गरेको छ । यसभित्र संघियता, समावेशिता र समानता मार्फत् सबै क्षेत्र, भूगोल र तप्काले आ–आफ्नो अधिकारको उपयोग गर्दै नेतृत्व र प्रतिनिधित्व गर्न सफल भएकोमा म खुशी व्यक्त गर्न चाहन्छु । यी महान उपलब्धिहरुलाई थप प्रगाढ, सुदृढ, बलियो र समृद्ध बनाउने दायित्व र जिम्मेवारी सबैको हो । हामी सामु कमिकमजोरीहरुलाई सच्याउँदै प्रगति पथमा निरन्तर लम्कन र अग्रगमन उन्मुख हुनु निर्विकल्प हो । राष्ट्र, राष्ट्रियता, लोकतान्त्रिक संस्कार, सुचरित्र र जिम्मेवारीबोध जस्ता कुराले मात्रै जनताको वास्तविक प्रतिनिधि हुन सक्ने आत्मबोध र गौरव दिन सक्छ । त्यसैले गणतन्त्र दिवस मनाइरहँदा  इतिहासको  गौरवलाई शिरोपर गरी वर्तमानको समीक्षामार्फत नवीन र समुन्नत भविष्यको यात्रा गर्ने दृढ सङ्कल्प गर्नु पर्दछ । लोकतान्त्रिक  गणतन्त्र  भनेकै  जनताको  सामूहिक  भावनाको सम्मान र कदर गरी राष्ट्रलाई समुन्नतिको मार्गमा अघि बढाउने उत्कृष्ट व्यवस्था हो । यो व्यवस्थाप्रति जनताको विश्वास जगाउन हामीले असल काम, सुशासन, रोजगारीका अवसर र मुलुकलाई समुन्नत बनाउने मार्गचित्रका साथ अघि बढ्नै पर्दछ ।  

अन्तमा, हरेक व्यक्तिमा हुने राष्ट्रवाद, त्याग, पराक्रम, ईमानदारी, विश्वास र सत्यले देश र समाजलाई उन्नत, समृद्ध र शक्तिशाली मात्र बनाउँदैन, सिंगो व्यक्तिलाई असल, नैतिकवान र चरित्रवान पनि बनाउँदछ । हामी ज्ञानका लागि शिक्षित, देश र समाजको उत्थानका लागि संगठित तथा मुलुकको स्वाभिमानका लागि जतिसुकै संघर्षको अवस्थामा पनि अगाडि बढ्नु पर्दछ । आजको यो ऐतिहासिक दिवसले सामाजिक न्याय र सामाजिक रुपान्तरणमा तुलनात्मक रुपमा कमजोर देखिएका र पछि परेकाहरुलाई माथि उकास्ने प्रतिबद्धताका साथ मुलुकको भौगोलिक अखण्डता, स्वाधीनता, सार्वभौमिकता र राष्ट्रिय एकतालाई थप सुदृढ गर्दै समृद्धिको मार्गमा अग्रसर हुन सबैलाई उत्प्रेरित गर्ने अपेक्षा सहित फेरी पनि १६ औं गणतन्त्र दिवसको उपलक्ष्यमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

धन्यवाद ।

२०८० जेष्ठ १५ सोमबार ।

Download / View

ताजा जानकारी

१४ बैशाख
२०८१

सुचनाको हक सम्बन्धी ऐन बमोजिम सार्वजनिक गरिएको विवरण २०८० माघदेखि चैत्र मसान्तसम्म

पुरा पढ्नुहोस्
१८ माघ
२०८०

सुचनाको हक सम्बन्धी ऐन बमोजिम सार्वजनिक गरिएको विवरण २०८० कार्तिकदेखि पौष मसान्तसम्म

पुरा पढ्नुहोस्
०४ मंसिर
२०८०

सुचनाको हक सम्बन्धी ऐन बमोजिम सार्वजनिक गरिएको विवरण २०८० श्रावणदेखि असोज मसान्तसम्म

पुरा पढ्नुहोस्
२२ श्रावण
२०८०

सूची दर्ता गरिएको सूचना

पुरा पढ्नुहोस्
१७ श्रावण
२०८०

सुचनाको हक सम्बन्धी ऐन बमोजिम सार्वजनिक गरिएको विवरण २०८० बैशाखदेखि असार मसान्तसम्म

पुरा पढ्नुहोस्
११ असार
२०८०

विवरण सम्बन्धमा

पुरा पढ्नुहोस्