उपराष्ट्रपतिको कार्यालय

हरितगृह, लैनचौर

ईद–उल–अज्हा (बकर ईद) पर्व २०८० को शुभकामना सन्देश

ईदउलअज्हा (बकर ईद) पर्व २०८० को शुभकामना सन्देश

इस्लाम धर्मावलम्बीहरुको महान पर्व ईद–उल अज्हा (बकर इद)–२०८० को शुभ उपलक्ष्यमा देश र विदेशमा रहनु भएका सम्पूर्ण नेपाली मुस्लिम दाजूभाई तथा दिदीबहिनीहरुमा सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना र मुबारकवाद व्यक्त गर्दछु ।

नेपालको संविधानले गणतन्त्र, संघीयता, समानता, समावेशिता, धर्मनिरपेक्षता र कानुनी राज्यलाई अंगीकार गरेको छ । हाम्रो गणतान्त्रिक संवैधानिक व्यवस्था प्रणालीले बहुजाति, बहुभाषा, बहुसंस्कृति, बहु–वेशभूषा आदिलाई संरक्षण गर्दै सबै क्षेत्र, भूगोल, धर्म, समुदाय र संस्कृतिलाई आपसमा जोड्ने काम पनि गरेको छ । ‘विविधतामा एकता’ हाम्रो मौलिक राष्ट्रिय पहिचान हो । नेपालमा मुस्लिम जनसमुदायले मनाउने यो पर्वले उहाँहरुले मात्र नभई सम्पूर्ण नेपालीले देशको संविधानको सुरक्षासंगै गणतन्त्र, संघीयता, समानुपातिक समावेशिता, समानता, समाजवाद तथा मुलुकको समरसता एवं शान्ति तथा व्यवस्थित विकासका लागि प्रतिज्ञा र प्रतिबद्धता व्यक्त गर्ने सु–अवसरका रुपमा लिनुपर्दछ ।

हाम्रो सामाजिक विविधताभित्र सुदृढ र प्रगाढ एकताले नेपालको राष्ट्रिय भावनालाई थप मजबूत बनाउन यो पर्वले योगदान पुग्ने विश्वास व्यक्त गर्दछु । आपसी रिस, राग, वैमनस्यता, उच्छृंखलता, द्वन्द्व, द्वेषलाई बिर्सेर परस्पर खुशी, सद्भावका साथ शुभकामना आदान–प्रदान गर्न यो पर्वले उत्प्रेरित गर्न सकोस् । यस्ता पर्वहरुले विभिन्न जातजाति, सम्प्रदाय, वर्ग, समुदाय तथा समाजको मौलिक संस्कृति र रहनसहनलाई संवद्र्धन र संरक्षण गर्दै जातीय, धार्मिक एवं सांस्कृतिक विविधतालाई आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप र भाइचारा अभिवृद्धिमा टेवा पुग्ने गर्दछ । 

मुस्लिम समुदायमा ईद–उल–फित्रपछिको दोस्रो ठूलो पर्व बकर ईद हिजरी संवत् अनुसार १४३५ वर्षअघि अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माइल अलेह सलामलाई बलिदान गर्न तयार भएको दिनको सम्झनामा यो पर्व मनाउन थालिएको किम्वदन्ति मुस्लिम धर्मावलम्बीमा प्रचलित छ । यो पर्वका अवसरमा मुस्लिम धर्मावलम्बीहरु मस्जिदमा भेला भई नमाज पढेपछि परस्पर ईद मुबारक भन्दै शुभकामना आदान प्रदान गर्ने मौलिक परम्परा, संस्कृति पनि वर्षौदेखि कायम छ ।

विभिन्न समुदायका चाडपर्व, धर्म, संस्कृति, रीतिरिवाज, परम्परा र संस्कारले आपसी सहिष्णुतालाई थप प्रगाढ बनाउन र नेपाली राष्ट्रिय एकता, अखण्डता, सार्वभौमिकतालाई अझ बलियो बनाउन ईद–उल अज्हा पर्वले सहयोग गर्ने विश्वास व्यक्त गर्दै मुलुक निर्माण र व्यवस्थित विकासको मार्गमा द्रुत गतिले लम्कन सफल होस्, समृद्ध नेपालको परिकल्पना साकार होस् भन्ने शुभकामना दिन चाहन्छु । 

धन्यवाद

२०८० असार १३ गते बुधबार ।

 

Download / View

ताजा जानकारी

१७ बैशाख
२०८२

सुचनाको हक सम्बन्धी ऐन बमोजिम सार्वजनिक गरिएको विवरण २०८१ माघदेखि २०८१ चैत्रसम्म

पुरा पढ्नुहोस्
१८ माघ
२०८१

सुचनाको हक सम्बन्धी ऐन बमोजिम सार्वजनिक गरिएको विवरण २०८१ कार्तिकदेखि २०८१ पुससम्म

पुरा पढ्नुहोस्
०९ पुस
२०८१

सुचनाको हक सम्बन्धी ऐन बमोजिम सार्वजनिक गरिएको विवरण २०८१ श्रावणदेखि २०८१ असोजसम्म

पुरा पढ्नुहोस्
२३ असोज
२०८१

सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूबाट विजया दशमीकव अवसरमा २०८१ असोज २६ गते शनिबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा देहाय बमोजिमको समय तालिका अनुसार टीका-प्रसाद प्रदान गर्नु हुने कार्यक्रम रहेको व्यहोरा जानकारीका लागि यो सुचना प्रकाशन गरिएको छ ।

पुरा पढ्नुहोस्
१८ असोज
२०८१

सम्माननीय उपराष्ट्रपतिबाट पूजाआराधना तथा झण्डोत्तलन

पुरा पढ्नुहोस्
१६ असोज
२०८१

प्रेस विज्ञप्ति

पुरा पढ्नुहोस्