उपराष्ट्रपतिको कार्यालयको कार्य विवरण
-
संविधान बमोजिम उपराष्ट्रपतिले गर्नुपर्ने काम, कर्तव्य र अधिकारको पालना र प्रयोगका लागि आवश्यक सहयोग सम्बन्धी कार्यहरु ।
-
उपराष्ट्रपतिलाई देशको समसामयिक एवम् राजनैतिक, आर्थिक, प्रशासनिक, सञ्चार आदि विषयमा जानकारी गराउने तथा आवश्यक सल्लाह दिने सम्बन्धी कार्यहरु ।
-
सार्वजनिक सरोकारका निकाय तथा सार्वजनिक सेवा प्रवाह गर्ने निकायहरुको कार्यका सम्बन्धमा स्थलगत अध्ययन अवलोकन गराई सोबारे उपराष्ट्रपतिलाई जानकारी गराउने सम्बन्धी कार्यहरु ।
-
कार्यालयको दैनिक प्रशासन सञ्चालन तथा व्यवस्थापन, कार्यक्रम तर्जुमा र कार्यान्वयन तथा अनुगमन आदि जस्ता सामान्य प्रशासन सम्बन्धी कार्यहरु ।
-
नियुक्ति, पदस्थापन, जनशक्ति विकास, कार्य सम्पादन मूल्यांकन आदि जस्ता कर्मचारी प्रशासन सम्बन्धी कार्यहरु ।
-
सम्माननीयज्यूको आन्तरिक तथा वैदेशिक भ्रमणको व्यवस्थापन सम्बन्धी कार्यहरु ।
-
कार्यालय सम्बन्धी बजेट तर्जुमा, निकासा, खर्च, लेखापरीक्षण आदि जस्ता आर्थिक प्रशासन सम्बन्धी कार्यहरु ।
-
विभिन्न कूटनैतिक नियोग एवम् सरकारी तथा गैरसरकारी संघसंस्थाहरुबाट आएका प्रतिनिधि मण्डलको भेटघाट व्यवस्थापन सम्बन्धी कार्यहरु ।
-
उपराष्ट्रपतिको भ्रमणसम्बन्धी कार्यक्रमको व्यवस्थापन तथा निजको सम्बोधन, मनतव्य आदिको तयारी सम्बन्धी कार्यहरु ।
-
उपराष्ट्रपतिसमक्ष पेश हुन आएका निवेदन र पत्रहरुको व्यवस्थापन सम्बन्धी कार्यहरु ।
-
कार्यालयको सामान्य सुरक्षा व्यवस्थापन सम्बन्धी कार्यहरु ।
-
सवारी साधन तथा इन्धन व्यवस्थापन सम्बन्धी कार्यहरु ।
-
उपराष्ट्रपतिबाट आयोजना गरिने भेटघाट तथा जलपान कार्यक्रमको व्यवस्थापन सम्बन्धी कार्यहरु ।
-
आवश्यकता अनुसारका अन्य कार्यहरु ।