उपराष्ट्रपतिको कार्यालय

हरितगृह, लैनचौर

उपराष्ट्रपतिको कार्यालय

नेपालको संविधानको धारा ६७ ले नेपालमा एक उपराष्ट्रपति रहने व्यवस्था गरेको छ । सो बमोजिम राष्ट्रपतिको अनुपस्थितिमा राष्ट्रपतिबाट गरिने कार्यहरु उपराष्ट्रपतिबाट सम्पादन गरिने प्रावधान रहेको छ । देशको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता  र स्वाभिमानलाई अक्षुण्ण राखी जनताको सार्वभौम अधिकार, स्वायत्तता र स्वशासनको अधिकारलाई आत्मसात् गर्न यस मर्यादित संस्थाको भूमिका रहन्छ । राष्ट्र र राष्ट्रियताप्रति नागरिकहरुको आदरभाव र राष्ट्रिय एकतामा वृद्धि गर्न सम्माननीय उपराष्ट्रपतिज्यूलाई नागरिक समाज, संघसस्था एवम् नागरिकहरुले आयोजना गर्ने धार्मिक, सामाजिक, सांस्कृतिक एवम् विकास निर्माण समेतका कार्यक्रममा प्रमुख अतिथिको रुपमा निमन्त्रणा प्राप्त हुनुका साथै विभिन्न मित्रराष्ट्रका राष्ट्रिय दिवसमा राजदुतावासद्वारा आयोजना हुने औपचारिक कार्यक्रममा प्रमुख अतिथिको रुपमा निमन्त्रणा प्राप्त हुने गर्दछ । ती कार्यक्रममा सम्माननीय उपराष्ट्रपतिज्यूबाट आतिथ्यता ग्रहण गर्ने प्रचलन रहेको छ । नेपालको संविधानको धारा ७३ बमोजिम उपराष्ट्रपतिको कार्य सम्पादनका लागि छुट्टै कार्यालय रहने व्यवस्था छ । यस कार्यालयको काम कारबाही सञ्चालन गर्न आवश्यक कर्मचारी तथा अन्य व्यवस्था नेपाल सरकारले गर्दछ । सम्माननीय उपराष्ट्रपतिज्यूबाट सम्पादन हुने कार्यलाई व्यवस्थित एवम् मर्यादित रुपमा सहजीकरण गर्ने कार्य कार्यालयले गर्दछ । यसको लागि कार्यालयले आवश्यक सुरक्षा व्यवस्थापन तथा समन्वय, व्यक्तिगत तथा संस्थागत आगन्तुकहरूको भेटघाटको समन्वय र व्यवस्थापन सहित कार्यालयको दैनिक प्रशासनिक कार्य सम्पादन गर्दछ । उपराष्ट्रपतिको कार्यालय काठमाडौं लैनचौरस्थित हरितगृह परिसरमा अवस्थित रहेको छ ।

ताजा जानकारी

१८ माघ
२०८१

सुचनाको हक सम्बन्धी ऐन बमोजिम सार्वजनिक गरिएको विवरण २०८१ कार्तिकदेखि २०८१ पुससम्म

पुरा पढ्नुहोस्
०९ पुस
२०८१

सुचनाको हक सम्बन्धी ऐन बमोजिम सार्वजनिक गरिएको विवरण २०८१ श्रावणदेखि २०८१ असोजसम्म

पुरा पढ्नुहोस्
२३ असोज
२०८१

सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूबाट विजया दशमीकव अवसरमा २०८१ असोज २६ गते शनिबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा देहाय बमोजिमको समय तालिका अनुसार टीका-प्रसाद प्रदान गर्नु हुने कार्यक्रम रहेको व्यहोरा जानकारीका लागि यो सुचना प्रकाशन गरिएको छ ।

पुरा पढ्नुहोस्
१८ असोज
२०८१

सम्माननीय उपराष्ट्रपतिबाट पूजाआराधना तथा झण्डोत्तलन

पुरा पढ्नुहोस्
१६ असोज
२०८१

प्रेस विज्ञप्ति

पुरा पढ्नुहोस्
१५ श्रावण
२०८१

सुचनाको हक सम्बन्धी ऐन बमोजिम सार्वजनिक गरिएको विवरण २०८० श्रावणदेखि २०८१ असारसम्म

पुरा पढ्नुहोस्