महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ कौलाथ्व त्रयोदशी - १३

सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूले संविधान दिवस, २०८२ को अवसरमा दिनुभएको शुभकामना सन्देश

संविधान दिवस, २०८२ को शुभकामना सन्देश

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान दिवस (राष्ट्रिय दिवस), २०८२ को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु

नेपालको संविधान नेपाली जनताको दीर्घ संघर्ष, विविधता समावेशिताको ऐतिहासिक उपलब्धि हो यो दस्तावेजले हाम्रो राष्ट्रिय आकांक्षा, सार्वभौम अधिकार लोकतान्त्रिक मूल्यहरूको जग बसालेको पछिल्लो समय संविधानको चौतारोभित्रै रहेरजेनजीआन्दोलनको सम्वोधन तथा अन्तरिम सरकारको गठनको प्रसंगले संविधानको लचकता, समाधानमुखी प्रकृति समावेशी चरित्रलाई पुनः पुष्टि गरेको

संविधानले हामीलाई न्याय, समानता, स्वतन्त्रता सामाजिक न्यायको मार्गदर्शन प्रदान गर्दछ यसले बहुजातीय, बहुभाषिक, बहुधार्मिक बहुसांस्कृतिक समाजलाई एकताको सूत्रमा बाँध्दै समृद्ध राष्ट्र निर्माणको आधार तयार गरेको संविधानको प्रस्तावना धारा मा उल्लेखितबहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त भौगोलिक विविधतामा रहेका समान आकांक्षा नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो’, मूल्यहरूले जनताको सर्वोच्चता राष्ट्रको समष्टिगत स्वरूपलाई स्पष्ट रूपमा परिभाषित गरेका छन्

संविधान दिवस हाम्रा लागि उत्सव मनाउने अवसर मात्र होइन, संविधान निर्माणमा योगदान पु¥याउनु भएका महान सहिद, अग्रज, जनप्रतिनिधि नागरिकप्रति श्रद्धा एवं सम्मान प्रकट गर्ने दिन पनि हो यस अवसरमा हामी सबैले संविधानको मूल मर्म समावेशिता, समानता साझा भविष्य प्रति पुनः प्रतिबद्धता जनाउनुपर्दछ

संवैधानिक अंग तथा निकायहरूमा समावेशी सिद्धान्तको पूर्ण पालना, मौलिक हकहरूको अक्षरशः कार्यान्वयन, संघीय संरचनाको सुदृढीकरण, शक्तिस्रोतको न्यायोचित बाँडफाँड प्रदेश तथा स्थानीय तहलाई संविधानसम्मत अधिकार सम्पन्न बनाउने कार्यमा सबै पक्षको सक्रियता एवं प्रतिबद्धता अपरिहार्य संघीय प्रणालीप्रति जनविश्वास कायम राख्न यस्ता प्रयासहरू निर्णायक हुनेछन्

संविधान दिवसले हामीलाई प्रेरणा देओस्प्रत्येक नेपाली नागरिकलाई स्वदेशमै सम्मानजनक रोजगारीको अवसर प्राप्त होस्, सामाजिक न्याय समृद्धिको मार्गमा राष्ट्र अघि बढोस् संविधानको कार्यान्वयनमार्फत् लोकतन्त्र, समावेशिता अग्रगामी परिवर्तनका मूल्यहरू जीवन्त रहून्

संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनार्थ भएका ऐतिहासिक आन्दोलनहरू पछिल्लो समयजेनजीको प्रदर्शनका क्रममा आफ्नो जीवन उत्सर्ग गर्नुभएका ज्ञातअज्ञात सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली, घाइते तथा अंगभंग भएकाहरूप्रति उच्च सम्मान परिवर्तनका अग्रदूतहरूप्रति गहिरो प्रशंसा प्रकट गर्दै संविधान दिवस, २०८२ को अवसरमा सम्पूर्ण नेपाली जनसमुदायमा शान्ति, समृद्धि एकताको हार्दिक शुभकामना व्यक्त गर्दछु

धन्यवाद

२०८२ असोज गते शुक्रबार

ने.सं. ११४५ ञलागा, त्रयोदशी