महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ सिल्लाथ्व षष्ठी - ६

सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूले राष्ट्रिय एकता दिवस, २०८२ को अवसरमा दिनुभएको शुभकामना सन्देश

राष्ट्रिय एकता दिवस, २०८२ को शुभकामना सन्देश

राष्ट्रिय एकता दिवस, २०८२ को शुभ अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा शान्ति, समृद्धि, सुस्वास्थ्य प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु

पुस २७ गते मनाइने राष्ट्रिय एकता दिवसलाई पृथ्वी जयन्तीको रुपमा पनि मनाइन्छ यस दिवसले हाम्रो साझा इतिहास, संस्कृति गौरवलाई स्मरण गराउँदै विविधताबीचको एकतालाई थप सबल बनाउन प्रेरणा दिन्छ मुलुकलाई एक सूत्रमा बाँध्ने महान् प्रयत्न गर्ने पुर्खाहरूको योगदानलाई यस दिवसले सम्मान गर्ने अवसर प्रदान गर्दछ

नेपालको बहुजातीय, बहुभाषिक, बहुधार्मिक बहुसांस्कृतिक विशेषतालाई आत्मसात गर्दै सामाजिक सद्भाव, सहिष्णुता समरसता अभिवृद्धि गर्ने उत्प्रेरकका रूपमा यस दिवसलाई उपयोग गर्न सक्नुपर्दछ   राष्ट्रिय एकता दिवसले हामीलाई आपसी विश्वास, सहयोग साझा जिम्मेवारीको भावनासहित अघि बढ्न आह्वान गर्दछ

आजको दिनले हामीलाई व्यक्तिगत हितभन्दा माथि उठेर राष्ट्रहितलाई प्राथमिकता दिनु नै सशक्त समावेशी मुलुक निर्माणको आधार भएको तथ्यलाई  स्मरण गराउँदछ युवापुस्तालाई मातृभूमिप्रति समर्पण, सेवा जिम्मेवारीको भावना जागृत गर्नमा यस दिवसको विशेष महत्व

हामी सबैले विभेद, वैमनस्यता असहिष्णुतालाई त्यागी समान अवसर, सामाजिक न्याय सांस्कृतिक सम्मानलाई जीवनको मूल मन्त्र बनाउन संकल्प गर्नुपर्दछ यही संकल्पले मुलुकलाई आर्थिक, सामाजिक, शैक्षिक राजनीतिक उन्नतितर्फ अघि बढाउनेछ

कुनैपनि जातिय, वर्गिय, धार्मिक क्षेत्रिय द्वन्द्वलाई निस्तेज गर्दै भाइचारा, मेलमिलाप अपनत्वभाव विकास गर्नमा पनि यस दिवसले योगदान पुग्ने विश्वास लिएको छु राष्ट्रिय एकता दिवसले हाम्रो समृद्ध सांस्कृतिक सम्पदाको संरक्षण प्रवद्र्धन गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामार्फत दिगो शान्ति, सुशासन, विकास समृद्धिको आकांक्षा पूरा गर्ने मार्ग प्रशस्त गरोस्

अन्त्यमा, राष्ट्रिय एकता दिवस, २०८२ ले विविधतामा एकतालाई हाम्रो राष्ट्रिय पहिचानको आधार बनाउँदै समानुपातिक, समावेशी सहभागितामूलक सिद्धान्तमा आधारित समतामूलक समाज निर्माण गर्ने संकल्पलाई थप सबल बनाओस् भन्ने शुभेच्छा व्यक्त गर्दछु

धन्यवाद

२०८२ पुस २७ गते आइतबार

ने.सं. ११४६ पोहेलागा, अष्टमी