सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूले राष्ट्रिय ज्येष्ठ नागरिक दिवस,२०८२ को अवसरमा दिनुभएको शुभकामना सन्देश

राष्ट्रिय ज्येष्ठ नागरिक दिवस,२०८२ को शुभकामना सन्देश

राष्ट्रिय ज्येष्ठ नागरिक दिवस, २०८२ को अवसरमा सम्पूर्ण ज्येष्ठ नागरिकहरूप्रति उच्च सम्मान प्रकट गर्दै सुस्वास्थ्य, दीर्घायु गरिमामय जीवनको हार्दिक शुभकामना व्यक्त गर्दछु

वि.सं. २०५१ पुस ११ गते सामाजिक सुरक्षा भत्ता सुरु गरिएको दिनलाई स्मरण गर्दै नेपालमा हरेक वर्ष यो दिवस मनाइन्छ यो दिवसले ज्येष्ठ नागरिकप्रतिको हाम्रो सामूहिक दायित्व, जिम्मेवारी, कर्तव्य, सम्मान आदरभावलाई पुनः स्मरण गराउँदछ जीवनको लामो यात्रामा उहाँहरूले गरेका त्याग, सेवा योगदान हाम्रो समाजको अमूल्य सम्पत्ति हो

नेपालको संविधान तथा ज्येष्ठ नागरिक सम्बन्धि ऐन २०६३ ले ज्येष्ठ नागरिकलाई विशेष संरक्षण सामाजिक सुरक्षाको अधिकार सुनिश्चित गरेको स्वास्थ्य सेवा, सम्मानजनक जीवन सहयोग प्राप्त गर्ने अधिकार संविधानले प्रत्याभूत गरेको , जसले उहाँहरूको गरिमामय जीवनलाई बलियो आधार प्रदान गर्दछ

युवापुस्ताले ज्येष्ठ नागरिकलाई वृद्ध मात्र नभई अनुभव, ज्ञान मार्गदर्शनका स्रोतका रूपमा लिनुपर्छ उहाँहरूको विचारलाई सम्मानपूर्वक ग्रहण गर्नु, सामाजिक गतिविधिमा सहभागिता सुनिश्चित गर्नु, डिजिटल साक्षरतादेखि स्वास्थ्य सेवासम्मको पहुँचमा साथ दिनु आजको आवश्यकता हो यसैबाट पुस्ताबीचको सम्बन्ध अझ सुदृढ हुन्छ

समाजले ज्येष्ठ नागरिकलाईबोझहोइन, ‘बोधको स्रोतका रूपमा स्वीकार गर्नुपर्छ उहाँहरूको गरिमालाई अक्षुण्ण राख्न ज्येष्ठ नागरिकमैत्री पूर्वाधार, सामाजिक सुरक्षा, सामुदायिक सहारा मानसिक स्वास्थ्यमा ध्यान दिन जरुरी परिवारमा उहाँहरूको उपस्थितिलाई मूल स्तम्भका रूपमा सम्मान गर्नु हाम्रो संस्कृतिको आधार हो

हाम्रो पूर्वीय दर्शनले ज्येष्ठ नागरिकलाईजीवनको दीयोमानेको आधुनिकताको नाममा उहाँहरूको उपेक्षा गर्नु पारिवारिक सामाजिक मूल्यको पतन हो संस्कृति आधुनिकताको समन्वय गर्दै उहाँहरूको गरिमा पुनःस्थापित गर्नु हाम्रो साझा दायित्व बन्न सक्नुपर्दछ

अन्त्यमा, यस दिवसले हामी सबैलाई स्मरण गराओस्, वृद्धावस्था जीवनको अन्त्य होइन, अनुभव मार्गदर्शनको उत्कर्ष हो ज्येष्ठ नागरिकको जीवनलाई सम्मानित, सुरक्षित सुखद बनाउन सबैमा हार्दिक अनुरोध गर्दै उहाँहरूको सुस्वास्थ्य सुखमय जीवनको लागि हार्दिक मंगलमय कामना गर्दछु

धन्यवाद

२०८२ पुस ११ गते, शुक्रबार

ने.सं. ११४६ पोहेलाथ्व, षष्ठी