महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ कौलाथ्व त्रयोदशी - १३

सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूले विजयादशमी,२०८२ को अवसरमा दिनुभएको शुभकामना सन्देश

विजयादशमी,२०८२ को शुभकामना सन्देश

विजयादशमी, २०८२ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु

नेपाल विविध सांस्कृतिक, धार्मिक, ऐतिहासिक, मौलिक परम्परागत सम्पदा तथा रीतिरिवाजहरुले समृद्ध मुलुक हो यहाँ मनाइने चाडपर्वहरू राष्ट्रिय  एकता, सामाजिक घनिष्टता, आध्यात्मिक चेतना सांस्कृतिक निरन्तरताका संवाहक हुन् हाम्रा पर्वहरूले परम्परागत मूल्यमान्यता, जीवनशैली सामाजिक सम्बन्धलाई सुदृढ बनाउँदै राष्ट्रिय पहिचान तथा एकतालाई अझ सशक्त बनाउन सहयोग पुग्दछ

विजयादशमी, नेपाली समाजमा विशेष महत्व राख्ने पर्व हो, जुन असत्यमाथि सत्यको विजय, अधर्ममाथि धर्मको स्थापनाको प्रतीकस्वरूप मनाइन्छ यस पर्वले मानव जीवनमा सदाचार, सहिष्णुता, आत्मसंयम सत्यको मार्ग अँगाल्न प्रेरित गर्दछ दशैँको अवसरमा परिवारजनबीच पुनर्मिलन, आपसी सद्भावको आदानप्रदान तथा सामाजिक समरसताको अभिवृद्धि हुने परम्परा हाम्रो मौलिक संस्कृतिको अभिन्न अंश हो यस पर्वले विगतका कटुताहरूलाई विस्मृत गर्दै एकअर्कामा शुभेच्छा साटासाट गर्ने अवसर प्रदान गर्दछ, जसले सामाजिक सम्बन्धलाई अझ सुदृढ बनाउँदछ

काम, क्रोध, लोभ, मोह, अहंकार, हिंसा चोरीजस्ता नकारात्मक प्रवृत्तिहरूको परित्याग गर्दै जीवनमा सकारात्मक सोच, सद्विचार सुसंस्कारको विकास गर्नमा पनि विजयादशमीले प्रेरित गर्दछ यस अवसरमा गरिने पूजापाठ, सांस्कृतिक कार्यक्रम, परम्परागत नृत्य तथा गीतसंगीतले हाम्रो सांस्कृतिक पहिचानलाई संरक्षण गर्दै स्थानीय अर्थतन्त्रलाई पनि सक्रिय बनाउन सघाउँदछ

संविधानले सुनिश्चित गरेका अधिकारहरू, नागरिक स्वतन्त्रता समावेशी प्रतिनिधित्वप्रति जनताको अपेक्षा थप प्रगाढ बनाउन विजयादशमीले उत्प्रेरित गर्न सकोस् संविधानको पालना, संरक्षण कार्यान्वयनका लागि थप प्रतिबद्धताका साथ सबै पक्षले संयम, संवाद सहकार्यको मार्ग अँगाल्न जरुरी

अन्त्यमा, विजयादशमीले हामीलाई असत्य, अन्याय समाजमा बढ्दो ध्रुवीकरण/विभाजनको विरुद्धमा एकजुट हुन प्रेरित गर्ने विश्वास लिएको छु यो पर्वले हामी सबैमा आत्मशुद्धि, सामाजिक उत्तरदायित्व राष्ट्रिय एकताको भावना जागृत गराओस् सत्य, सदाचार, सद्भाव, भाइचारा सहिष्णुताको मार्गमा अग्रसर रहन हामी सबैलाई प्रेरणा मिलोस् भन्ने शुभेच्छाका साथ पुनः विजयादशमी २०८२ को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु

शुभ विजयादशमी !

२०८२ असोज १३ गते सोमबार

ने.सं. ११४५ कौलाथ्व, सप्तमी