तिहार (शुभ दीपावली), २०८२ को शुभकामना सन्देश
आस्था र उल्लासको पर्व तिहार (शुभ दीपावली), २०८२ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र सु–स्वास्थ्यको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
प्रकाशको पर्व शुभ दीपावलीले अध्यारोमाथि उज्यालोको, अज्ञानतामाथि ज्ञानको र असत्यमाथि सत्यको विजयको शाश्वत सन्देश बोकेको छ । फूल, रंगोली र झिलीमिली बत्तीहरूले सजिएका हाम्रा घरआँगनहरूमा यस पर्वको तयारीसँगै मनभित्रको अन्धकारलाई हटाएर सद्भावको ज्योति फैलाउने अवसर प्राप्त होस् ।
काग, कुकुर, गाई, गोरुको पूजा, धनकी देवी लक्ष्मीको आराधना, देउसीभैलो अनि दाजुभाइ–दिदीबहिनी बीचको अटुट सम्बन्धको प्रतीक भाइटीका (भ्रातृद्वितिया) जस्ता विशिष्ट मौलिक परम्पराहरूले हाम्रो सामाजिक र सांस्कृतिक परम्परालाई जीवन्त राखेका छन् । समग्रमा पाँच दिनसम्म मनाइने यो पर्वको माध्यमबाट हामीलाई सामूहिकता र एकताको भावनाले बाँधिएको एक सुदृढ समाज निर्माणको प्रेरणा प्राप्त हुन्छ ।
नेपालको ‘विविधतामा एकता’ को भावनालाई चरितार्थ गर्ने तिहार पर्वले विभिन्न क्षेत्र, वर्ग र समुदायमाझ परस्पर विश्वास, सद्भाव र भाइचाराको सम्बन्धलाई थप प्रगाढ बनाउन सहयोग पुग्दछ । यस पर्वको उज्यालोले हाम्रा मनका सम्पूर्ण रिस, राग, वैमनस्यता र द्वेषलाई बिर्सिएर मेलमिलाप र खुशीयालीको वातावरण सिर्जना गरोस् ।
अन्त्यमा, शुभ दीपावलीले हाम्रो मन, वचन र कर्मप्रतिको पवित्र भावनाहरू आत्मसात गर्न सहयोग पुगोस्, सम्पूर्ण नेपालीहरू एकताबद्ध भई राष्ट्रिय एकता, अखण्डता, सार्वभौमसत्ता र राष्ट्रियतालाई मजबुत बनाउनका लागि यसले उत्प्रेरित गर्न सकोस् । देशलाई समृद्धि र समुन्नतिको मार्गमा डो¥याउन यो पर्वले सबैमा ऊर्जा प्रदान गरोस्, पुनः तिहार (शुभ दीपावली) को हार्दिक शुभकामना व्यक्त गर्दछु ।
धन्यवाद ।
२०८२ कात्तिक ३ गते सोमबार ।
ने.सं.११४५ कौलागा, चतुर्दशी ।