महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ थिंलागा चतुर्थी - १९

सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूले महिला हिंसा निर्मूल सम्बन्धी अन्तर्राष्ट्रिय दिवस, २०२५ को अवसरमा दिनुभएको शुभकामना सन्देश

महिला हिंसा निर्मूल सम्बन्धी अन्तर्राष्ट्रिय दिवस, २०२५ को शुभकामना

महिला हिंसा अन्त्यका लागि विश्वभर मनाइनेमहिला हिंसा निर्मूलसम्बन्धी अन्तर्राष्ट्रिय दिवस (नोभेम्बर २५) को महत्वपूर्ण अवसरमा नेपाली दिदीबहिनीहरुले अनाहकमा भोग्नु परिरहेको सबैखाले विभेद, असमानता समस्यहरुबाट त्राण पाऊन भन्ने हार्दिक अपेक्षाका साथ सबैमा सुख, शान्ति समृद्धिको कामना गर्दछु

नेपालको संविधानले समानुपातिक, समावेशी सहभागितामूलक सिद्धान्तमा आधारित न्यायपूर्ण समाज निर्माण गर्ने संकल्प गरेको तर, बोक्सी प्रथा, छाउपडी, दाइजो, छुवाछुत, घरेलु हिंसा जस्ता कुप्रथाले महिलाविरुद्ध हुने विभेद अपमानको पीडा निर्मूल नहुनु अत्यन्तै दुःखद यी विकृति विसंगतिलाई अन्त्य गर्न परिवार, समुदाय राष्ट्रस्तरमा व्यापक सचेतना अभियान आवश्यक

महिलाविरुद्ध हुने हिंसा रोकथामका लागि कानुनमा उल्लेखित दण्ड/सजायको प्रभावकारी कार्यान्वयन, उपचारात्मक सेवा, प्रवद्र्धनात्मक कार्यक्रम प्रतिबन्धात्मक उपायहरूलाई समान रूपमा अघि बढाउन अति आवश्यक महिलालाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने, असमान शक्ति संरचना परिवर्तन गर्ने समान अवसर सुनिश्चित नगरेसम्म हिंसा अन्त्य असम्भव यसप्रति सबैको ध्यान चाँसो केन्द्रित हुनुपर्ने आजको आवश्यकता हो

अन्त्यमा, यो दिवसले सरकारी निकाय, सामाजिक संघसंस्था, नागरिक समाज, महिला अधिकारकर्मी तथा सञ्चार माध्यमहरूलाई अझ उत्साहका साथ अग्रसर हुन प्रेरित गर्न सकोस् यस अवसरमा, लैङ्गिक हिंसा विरुद्ध साझा प्रतिबद्धता जनाउँदै समानता, न्याय, सभ्यता समृद्धिमा आधारित देश समाज निर्माणतर्फ सबैलाई एकताबद्ध भई अग्रसर हुन हार्दिक आग्रह गर्दछु

धन्यवाद

२०८२ मंसिर गते मंगलबार

ने.सं. ११४६ थिंल्लाथ्व, पञ्चमी