महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ थिंलागा आमै - ३०

सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूले तोल ल्होसार, २०८२ को अवसरमा दिनुभएको शुभकामना सन्देश

तोल ल्होसार, २०८२ को शुभकामना सन्देश

नेपालका हिमाली भेगमा बसोबास गर्ने लामा, शेर्पा लगायतका समुदायले नयाँ वर्षको आगमनका रुपमा मनाउने महान पर्व तोल ल्होसारको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु

मौलिक पर्व तोल ल्होसार, नयाँ वर्षको आगमन मात्र होइन, सामाजिक एकता, सांस्कृतिक पहिचान राष्ट्रिय भावनालाई सुदृढ बनाउने अवसर पनि हो घरआँगन शुद्ध पार्ने, मान्यजनसँग आशीर्वाद ग्रहण गर्ने परम्परागत परिकारको स्वादमा रमाउँदै परस्पर शुभकामना आदानप्रदान गर्ने परम्पराले यस पर्वलाई थप अर्थपूर्ण बनाउँदछ यसले समुदायबीचको आपसी विश्वास, सहयोग मैत्रीभावलाई बलियो बनाउँदै राष्ट्रिय एकता सद्भावलाई मजबुत बनाउने कार्यमा टेवा पु¥याउँदछ

हाम्रा चाडपर्वहरूले भाषा, संस्कृति, रीतिरिवाज पहिरनलाई जीवन्त राख्दै नेपालको सांस्कृतिक विविधतालाई संरक्षण गर्ने महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् पर्वलाई पर्यटनसँग जोडेर प्रवद्र्धन गर्दा स्थानीय आर्थिक गतिविधि सशक्त हुने मात्र होइन, राष्ट्रिय स्तरमा सकारात्मक ऊर्जा थपिने विश्वास लिएको छु

नेपालको संविधानले अंगीकार गरेको गणतन्त्र, संघीयता, समानता, समावेशिता, धर्मनिरपेक्षता कानूनी राज्यका मूल्यलाई चाडपर्वहरूले अझै सुदृढ बनाउँदछ विविधता भित्रको एकता नै हाम्रो राष्ट्रिय शक्ति हो तोल ल्होसारले यस भावनालाई अझ प्रगाढ बनाउने अवसर प्रदान गर्दछ

यस पर्वले सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य प्रगतिको प्रेरणा जगाओस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछु

धन्यवाद

२०८२ पुस ०५ गते शनिबार

ने.सं. ११४६ पोहेलाथ्व, प्रतिपदा