क्रिसमस पर्व २०२५ को शुभकामना सन्देश
क्रिसमस पर्व (क्रिसमस डे), २०२५ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
क्रिश्चियन धर्मका प्रवर्तक इसा मसीहको जन्म दिवसका रूपमा हरेक वर्ष डिसेम्बर २५ मा नेपालसहित विश्वभर क्रिसमस पर्व मनाइन्छ । शान्ति, प्रेम, करुणा र सहअस्तित्वको सन्देश बोकेको यस पर्वले मानवता, सहिष्णुता र सामाजिक सद्भावलाई सुदृढ बनाउँनमा सहयोग पुगेको छ । हाम्रो संविधानले सुनिश्चित गरेको समानता, धार्मिक स्वतन्त्रता र सामाजिक न्यायसँग यी मूल्यहरू प्रत्यक्ष रूपमा जोडिएका छन् ।
नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषताले सम्पन्न मुलुक हो । यहाँका विविध धर्म, संस्कृति र परम्पराले हाम्रो राष्ट्रिय पहिचानलाई समृद्ध बनाएका छन् । हाम्रा चाडपर्वहरूले ‘विविधतामा एकता’ को सन्देश दिँदै राष्ट्रिय अखण्डता, सामाजिक समानता र सहअस्तित्वलाई बलियो बनाएका छन् । यी पर्वहरूले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा समावेशी शासनको अभ्यासलाई सांस्कृतिक आधार प्रदान गर्दै स्थायी शान्ति, सुशासन र समृद्धिको दिशामा अघि बढ्न उत्प्रेरित गरेका छन् ।
क्रिसमसको धार्मिक, सामाजिक र सांस्कृतिक महत्व छ । यसले परिवार, साथीभाइ र समुदायबीच शुभकामना आदानप्रदान, उपहार साटासाट र सांस्कृतिक कार्यक्रममार्फत् आपसी सद्भावलाई बलियो बनाउँदछ । साथै, व्यापार, पर्यटन र आर्थिक गतिविधिलाई चलायमान बनाउँदै मुलुकलाई आर्थिक लाभ पु¥याउने अवसर पनि प्रदान गर्दछ । विपन्न, असहाय तथा सीमान्तकृत समुदायप्रति करुणा र सहयोगको भावना जागृत गर्ने प्रेरणा पनि यस पर्वले दिन्छ ।
पछिल्ला वर्षहरूमा अन्य धर्मावलम्बीहरूले पनि उत्साहपूर्वक क्रिसमस मनाउन थालेका छन्, जसले सर्वधर्म सहिष्णुता, परस्पर सम्मान र हाम्रो मौलिक पहिचानलाई जीवन्त राख्न मद्दत पु¥याएको छ । यस अवसरमा हामी सबैले सामाजिक न्याय, समावेशिता र समान अवसरलाई अझ सुदृढ बनाउने संकल्प लिन सक्नु पर्दछ ।
अन्त्यमा, क्रिसमस पर्वले हामीलाई आपसी सद्भाव, धार्मिक सहिष्णुता, सामाजिक न्याय र राष्ट्रिय एकताको सूत्रमा बाँध्दै समृद्ध, शान्त र विकसित नेपाल निर्माणमा प्रेरणा प्रदान गरोस्, यस अवसरमा पुनः हार्दिक शुकामना व्यक्त गर्दछु ।
धन्यवाद !
२०८२ पुस १० गते बिहीबार
ने.सं.११४६ पोहेलाथ्व, पञ्चमी