महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ सिल्लाथ्व षष्ठी - ६

सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूले सोनाम ल्होसार, २०८२ को अवसरमा दिनुभएको शुभकामना सन्देश

सोनाम ल्होसारको शुभकामना सन्देश

नेपालका तामाङ समुदायसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा लगायतका आदिवासी जनजातिहरूले उल्लासपूर्वक मनाउने महान पर्व सोनाम ल्होसार २०८२ को शुभ अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा शान्ति, समृद्धि, सुस्वास्थ्य दीर्घायुका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु

यस पर्वले नयाँ वर्षको आगमनसँगै हाम्रो मौलिक संस्कृति, परम्परा जीवनशैलीलाई पुनः स्मरण गराउँदै पुस्तादेखि पुस्तासम्म निरन्तरता दिने अमूल्य अवसर प्रदान गर्दछ सामूहिकता, भूमिपूजा, कूलपूजा, दानदक्षिणा, ढोगभेट तथा शुभकामना आदानप्रदानजस्ता परम्परागत अभ्यासहरूले सामाजिक सद्भाव, आपसी विश्वास सहकार्यलाई अझ मजबुत बनाउँछन्

सोनाम ल्होसारमा प्रर्दशन गरिने मौलिक नृत्य, गीत, वाद्यसंगीत तथा परम्परागत परिकारहरूले हाम्रो सांस्कृतिक धरोहरलाई जीवन्त राख्दै राष्ट्रिय पहिचानलाई उजागर गर्ने कार्य गर्दछ यस पर्वले हामीलाई विविधताभित्रको एकता, सहिष्णुता परस्पर सम्मानको मूल्यलाई आत्मसात् गर्न प्रेरित गर्दछ

नेपालको संविधानले अंगीकार गरेको गणतन्त्र, संघीयता, समानता, समावेशिता, धर्मनिरपेक्षता कानूनी राज्यका आधारभूत मूल्यहरूलाई यस पर्वले अझ सुदृढ बनाउन सहयोग पु¥याउँछ बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरेको  हाम्रो देशलाई एकताको सूत्रमा बाँध्दै राष्ट्रिय अखण्डता सार्वभौमिकतालाई बलियो बनाउने सामथ्र्य हाम्रा पर्वहरुमा निहित छन्

अन्त्यमा, सोनाम ल्होसारले सम्पूर्ण नेपालीलाई सामाजिक सद्भाव, मैत्रीभाव, भाइचारा, मेलमिलाप परस्पर सहयोगका लागि अभिप्रेरित गर्दै मुलुकलाई शान्ति, प्रगति समृद्धितर्फ उन्मुख गराओस् भन्ने शुभेच्छा व्यक्त गर्दछु

सोनाम ल्होसारको हार्दिक शुभकामना !

धन्यवाद !

२०८२ माघ गते सोमबार

ने.सं. ११४६ सिल्लाथ्य, प्रतिपदा