प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२
दिन बाँकी

महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ सिल्लागा चतुर्दशी - २९

सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूले महाशिवरात्री तथा सेना दिवस, २०८२ को अवसरमा दिनुभएको शुभकामना सन्देश

महाशिवरात्री तथा सेना दिवसको शुभकामना सन्देश

महाशिवरात्री पर्व तथा सेना दिवस, २०८२ को अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु

हिन्दू धर्मावलम्बीहरुको महान पर्व महाशिवरात्रीले धार्मिक श्रद्धा, सामाजिक एकता सांस्कृतिक गौरवलाई बलियो बनाउँदै आएको यस दिन शिवालय तथा मन्दिरमा पूजाअर्चना, भजनकिर्तन, मौलिक नाचगान मेलाहरुको आयोजना हुने परम्पराले हाम्रो संस्कृतिलाई जीवन्त राख्दै पर्यटन अर्थतन्त्रमा पनि योगदान पु¥याएको शिव उपासना, उपवास ध्यानले आत्मशुद्धि, नैतिकता आध्यात्मिक उन्नतिलाई प्रोत्साहन गर्दै समाजमा सद्भाव, सहयोग मेलमिलापको वातावरण सृजना गर्दछ यस पर्वले काम, क्रोध, लोभ, मोह अहंकार त्यागी सत्य, धर्म, शान्ति प्रेमको मार्गमा अग्रसर हुन्  सबैलाई प्रेरित गरोस् भन्ने कामना गर्दछु

यसै दिन मनाइने सेना दिवसले नेपाली सेनाको साहस समर्पणलाई स्मरण गर्ने अवसर प्रदान गर्दछ राष्ट्रको सुरक्षा, सम्मान विपद्को घडीमा अग्रपंक्तिमा रहेर सेवा भाव प्रदर्शन गर्ने वीर सैनिक जवानहरुप्रति हामीलाई गर्व सेना दिवसले हामी सबैलाई देशको रक्षा, विकास समृद्धिमा एकताबद्ध भएर योगदान दिन प्रेरित गर्दछ आजको युगमा अत्याधुनिक प्रविधि, दक्षता अनुसन्धानमा निपुण सेना निर्माण गर्नु राष्ट्रिय आवश्यकता हो नेपाली सेनाको सबलीकरण आधुनिकीकरणमा सबैको ध्यान केन्द्रित भई राष्ट्रिय हितलाई सुदृढ बनाउन सकियोस् भन्ने शुभेच्छा व्यक्त गर्दछु

अन्त्यमा, महाशिवरात्री पर्वले धार्मिक आस्था आध्यात्मिक चेतनालाई गहिरो बनाउँदै समाजमा शान्ति, सद्भाव एकताको वातावरण सृजना गरोस् सेना दिवसले वीरता, अनुशासन राष्ट्रप्रेमलाई अझ सबल बनाओस् सबैमा पुनः हार्दिक शुभकामना व्यक्त गर्दछु

धन्यवाद !

२०८२ फागुन ०३ गते आइतबार

ने.सं. ११४६ सिल्लागा, त्रयोदशी