प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२
दिन बाँकी

महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ चिल्लाथ्व चतुर्दशी - १४

सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूले फागुपूर्णिमा (होली) पर्व, २०८२ को अवसरमा दिनुभएको शुभकामना सन्देश

फागुपूर्णिमा (होली) पर्व२०८२ को शुभकामना सन्देश

फागुपूर्णिमा (होली) पर्व, २०८२ को पावन अवसरमा देश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु

रङ्ग उमङ्गको प्रतीक यो पर्व हिमाल, पहाड तराईमधेशमा विभिन्न नामले मनाइए पनि यसको मूल भावनाले आपसी सद्भाव, भाइचारा मेलमिलापलाई बलियो बनाउँछ सत्यको विजय असत्यको पराजयको सन्देश बोकेको होलीले समाजलाई प्रेम, सौहार्द सहयोगी भावनाले रंगीन बनाउँछ

परम्परागत होरी (फागु) गीत, जोगिरा, डम्फा ढोलकको तालमा गाइने लोकभाकाका साथै मालपुवा, दालपुरी, खिर जस्ता विशेष परिकारले हाम्रो संस्कृतिलाई जीवन्त राख्दै पुस्तान्तरणमा योगदान पु¥याउँछन् प्राकृतिक वातावरणमैत्री रंग प्रयोग गर्दै संस्कृतिलाई सुरक्षित राख्नु हाम्रो सामूहिक जिम्मेवारी हो

होलीले परिवार, मित्रता समुदायबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउँदै पुराना मनमुटावलाई बिर्सेर नयाँ उमङ्ग ऊर्जा सहित सम्बन्धलाई पुनः सुदृढ गर्ने अवसर प्रदान गर्दछ यसले राष्ट्रिय एकता, सामाजिक सद्भाव सांस्कृतिक विविधतालाई सम्मान गर्दै मुलुकलाई शान्ति समृद्धितर्फ अघि बढ्न प्रेरित गर्दछ

अन्त्यमा, होली पर्वले हाम्रो राष्ट्रिय अखण्डता, सार्वभौमसत्ता सामाजिक बन्धनलाई अझ सबल बनाओस् प्रेम, मैत्रीभाव सहकार्यको वातावरण सृजना गर्दै देशलाई प्रगति समृद्धिको मार्गमा अघि बढाउने प्रेरणा प्रदान गरोस्, पुनः हार्दिक शुभकामना व्यक्त गर्दछु

धन्यवाद

२०८२ फागुन १८ गते सोमबार

ने.सं. ११४६, चिल्लाथ्व चतुर्दशी