महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ चौलाथ्व नवमी - ९

सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूले रामनवमी पर्व, २०८२ को अवसरमा दिनुभएको शुभकामना सन्देश

रामनवमी पर्व, २०८२ को शुभकामना

हिन्दू धर्मावलम्बीहरुको महान पर्व रामनवमी, २०८२ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु

रामनवमी पर्व धार्मिक उत्सव मात्र होइन, सत्य, धर्म मर्यादाका प्रतीक भगवान श्रीरामको जीवन आदर्शलाई आत्मसात गर्ने अवसर पनि हो श्रीरामले समाजमा न्याय, सद्भाव शान्ति स्थापना गर्दै कर्तव्यपालनको सर्वोच्च उदाहरण प्रस्तुत गर्नुभएको थियो उहाँको जीवनले हामीलाई सत्यनिष्ठा, धर्मपालन, अनुशासन नैतिक आचरणलाई जीवनको आधार बनाउन सदैव प्रेरित गर्दछ

भगवान श्रीरामको चरित्रले आमाबुवाप्रतिको सम्मान, कर्तव्यप्रतिको निष्ठा कठिनाइहरुसँग दृढतापूर्वक सामना गर्ने साहस आत्मसात गर्न सिकाउँदछ उहाँले वनवास स्वीकार गरी पुत्रधर्मको सर्वोच्च उदाहरण दिनुभयो; सत्य धर्मको मार्गमा अडिग रहनुभयो; कर्मलाई जीवनको मूल मन्त्र बनाउँदै समाजलाई नैतिकताको उज्यालो मार्ग देखाउनुभयो

रामनवमीका अवसरमा गरिने भजन, कीर्तन, पूजापाठ उपासनाले नागरिकलाई भक्ति, अध्यात्म परोपकारतर्फ उन्मुख गराउँदछ यस पर्वले समाजमा सद्भाव, सहयोग, भाइचारा जनकल्याणको भावनालाई जागृत गर्दै राष्ट्रिय एकता सामाजिक सम्बन्धलाई थप प्रगाढ बलियो बनाउन मद्दत गर्दछ श्रीराम धर्म संस्कृतिको अनुपम प्रेरकका रुपमा हिन्दू समाजमा अनादि कालदेखि प्रतिष्ठित हुनुहुन्छ उहाँले शास्त्रसम्मत ज्ञानलाई आफ्नो चरित्रमा उतारेर सिंगो संसारलाई धर्मको पथमा हिँड्न सम्भव भन्ने संदेश दिनुभयो श्रीरामझैं हाम्रो जीवन चरित्र प्रधान हुनुपर्दछ

हाम्रा मौलिक परम्परा, संस्कार, संस्कृति, धर्म आस्थाले हामीलाई वैरभाव क्लेशबाट अलग राखी शान्ति, परोपकार सदाचारको मार्गमा अघि बढ्न प्रेरित गर्दछ भगवान श्रीरामको जीवन आदर्शलाई आत्मसात गर्न सके मात्र हामीले रामनवमीलाई साँचो अर्थमा मनाएको ठहरिनेछ रामनवमी पर्व नेपाली समाजलाई नैराश्य अनैतिकताबाट उन्मुक्ति दिलाउने शंखनादको माध्यम पनि बनोस्

अन्त्यमा, यस अवसरमा सबै नेपालीले श्रीरामझैं सत्य, धर्म मर्यादित संकल्पका साथ जीवनयात्रा अघि बढाउन प्रेरणा प्राप्त गरून् रामनवमी पर्वले हाम्रो समाजलाई नैतिकता, सद्भाव एकताको मियो बनेर राष्ट्रिय अखण्डता, सार्वभौमसत्ता सामाजिक बन्धुत्वलाई अझ सुदृढ बनाओस्, पुनः हार्दिक शुभकामना व्यक्त गर्दछु

धन्यवाद

२०८२ चैत १३ गते, शुक्रबार

ने.सं. ११४६, चौलाथ्व, नवमी