सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूले विश्व वातावरण दिवस, २०२६ को अवसरमा दिनुभएको शुभकामना सन्देश

विश्व वातावरण दिवस, २०२६ को शुभकामना

विश्व वातावरण दिवस, २०२६ को अवसरमा देश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु

सन् १९७३ देखि संयुक्त राष्ट्र वातावरण कार्यक्रमको नेतृत्वमा मनाइँदै आएको यो दिवस वातावरण संरक्षणका लागि विश्वकै सबैभन्दा महत्वपूर्ण अन्तर्राष्ट्रिय अभियान हो भूमि पुनस्र्थापना, मरुभूमिकरण रोकथाम तथा खडेरी प्रतिरोधमा ध्यान केन्द्रित गर्दै नेपालसहित विश्वभर विविध कार्यक्रमको आयोजना गरी यो दिवस मनाईन्छ यो दिवसले जल, जमिन जंगल जोगाउने हाम्रो साझा संकल्पलाई बलियो बनाउने विश्वास लिएको छु

पछिल्लो समय विश्व जलवायु परिवर्तन, प्रदूषण, जैविक विविधताको क्षयीकरण फोहोरमैला व्यवस्थापन जस्ता गम्भीर संकटको सामना गरिरहेको अवस्था यी चुनौतीहरुबाट विशेषगरी ग्रामीण समुदाय, साना कृषक तथा विपन्न वर्ग बढी प्रभावित छन् यसबाट उन्मुक्तिका लागि हामी सबैले हातेमालो गर्दै अघि बढ्नु अपरिहार्य वातावरणका लागि हानिकारक तत्वहरूको प्रयोगलाई रोक्दै वातावरणमैत्री स्रोत, साधन प्रविधिको उपयोगमा जोड दिनु आजको आवश्यकता हो

वनजंगलको फडानी, अव्यवस्थित शहरीकरण अवैज्ञानिक पूर्वाधार निर्माणले वातावरणलाई गम्भीर संकटमा पारेको हाम्रा भावी पुस्ताको सुरक्षित भविष्य निर्माण हामी सबै गम्भीर, सचेत जिम्मेवार बन्नुपर्दछ वृक्षारोपण, वन विस्तार, हरितगृह ग्यास नियन्त्रण, नवीकरणीय ऊर्जाको प्रयोग वातावरणमैत्री जीवनशैली अपनाउनु हाम्रो साझा दायित्व पनि हो

समयलाई फर्काउन सकिँदैन, तर वनजंगल विस्तार गर्न, पानीका स्रोत पुनर्जीवित गर्न माटोको उर्वरा शक्ति पुनःस्थापित गर्न सकिन्छ वातावरण संरक्षण हाम्रो सामूहिक जिम्मेवारी भएकाले वर्तमानलाई सुरक्षित राख्दै भविष्यलाई उज्ज्वल बनाउन सबैको दृढ संकल्प प्रतिबद्धता अपरिहार्य  

अन्त्यमा, वातावरण संरक्षण अभियानमा सक्रिय सबैप्रति हार्दिक धन्यवाद व्यक्त गर्दै विश्व वातावरण दिवसले हामीलाई साझा संकल्प, एकता प्रतिबद्धतासहित अघि बढ्न प्रेरित गरोस् भन्ने शुभकामना व्यक्त गर्दछु  

 

धन्यवाद  

२०८३ जेठ २२ गते, शुक्रबार

नेपाल संवत् ११४६ अनलागा, पञ्चमी