सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूबाट एकजुट भई विपत्तीको सामनाका लागि अपिल
एकजुट भई विपत्तीको सामना गरौं
रसुवाको भोटेकोशीमा भदौ १० गते बुधबार आएको आकस्मिक बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा ठूलो जनधनको क्षति भएको दुःखद समाचारले मलाई अत्यन्तै दुःखित र चिन्तित बनाएको छ ।
यस विपत्तिमा अकालमै ज्यान गुमाउनु भएका नेपाली नागरिक, विदेशी पर्यटक तथा तीर्थयात्रीहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माहरूको चिरशान्तिको कामना गर्दछु । आफ्ना प्रियजन गुमाउनु भएका परिवारजनप्रति गहिरो समवेदना र हार्दिक सहानुभूति व्यक्त गर्दछु । विपत्तीमा परेकाहरुको उद्धार, बेपत्ता भएकाहरुको खोजी तथा घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु । घाइतेहरुको यथोचित उपचारका लागि सम्बन्धीत सबैमा हार्दिक आग्रह गर्दछु ।
बाढीबाट प्रभावितहरुको उद्धार र सहयोगका लागि सरकार र सुरक्षाकर्मीहरु सक्रियताका साथ लागि परेका छन् । यस कठिन घडीमा सम्पूर्ण नेपालीहरु एकजुट भई अकल्पनीय विपत्तीको सामना गर्न र आ–आफ्नो स्तरबाट हरसम्भव सहयोग गर्न आग्रह गर्दछु ।
यस कठिन घडीमा सम्पूर्ण नेपालीहरू एकजुट भई विपत्तीको सामना गर्न र आ–आफ्नो स्तरबाट सहयोग गर्न आग्रह गर्दछु । हामी एक–अर्काको सहारा र सहयोगी बन्नु नै हाम्रो सामूहिक कर्तव्य हो ।
धन्यवाद ।
२०८३ भदौ ११ गते, बिहीबार
ने.सं. ११४६ गुँलाथ्व, चतुर्दशी