सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूले राष्ट्रिय धान दिवस, २०८३ को अवसरमा दिनुभएको शुभकामना सन्देश

राष्ट्रिय धान दिवस २०८३ को शुभकामना सन्देश

राष्ट्रिय धान दिवस, २०८३ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति समृद्धिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु

वि.सं. २०६१ देखि प्रत्येक वर्षको असार १५ गते राष्ट्रिय धान दिवस मुलुकभर विविध कार्यक्रमहरुको आयोजना गरी मनाइन्छ नेपालको संविधानले प्रत्येक नागरिकलाई खाद्यसम्बन्धी मौलिक हक सुनिश्चित गरेको संविधानको धारा ३६ अनुसार, प्रत्येक नागरिकलाई खाद्य प्राप्त गर्ने हक, खाद्यवस्तुको अभावका कारण जीवन जोखिममा नपर्ने हक तथा कानुन बमोजिम खाद्य सम्प्रभुताको हक प्रत्याभूत गरिएको

यस मौलिक हकको प्रभावकारी कार्यान्वयनका लागि हामीले खाद्य उत्पादनमा आत्मनिर्भरता हासिल गर्नुपर्ने अपरिहार्य आवश्यकता विशेषतः धान खेतीको प्रवद्र्धन, आधुनिक प्रविधि प्रयोग, किसानलाई आवश्यक सहयोग, बीउमलको उपलब्धता तथा सिंचाइ सुविधाको विस्तारमार्फत खाद्य सुरक्षालाई मजबुत बनाउन   सक्नुपर्दछ

नेपालको कृषि परम्परा, ग्रामीण जीवनशैली राष्ट्रिय अर्थतन्त्रको मेरुदण्ड धान खेती हो यसलाई प्रवद्र्धन गर्नु केवल कृषि विकासको प्रश्न मात्र होइन, संविधानले प्रत्याभूत गरेको मौलिक हकको सम्मान कार्यान्वयन पनि हो खाद्य अभावका कारण कुनै पनि नेपाली नागरिकको जीवन जोखिममा नपरोस् संविधानले दिएको अधिकारलाई व्यवहारमा उतार्दै आत्मनिर्भर कृषि, खाद्य सुरक्षा समृद्ध नेपालको लक्ष्य हासिल गर्न हामी सबै एकजुट भई अघि बढ्न सक्नुपर्दछ

असार १५ गते मनाइने राष्ट्रिय धान दिवसले हाम्रो पहिचान, संस्कार जीवनशैलीलाई उजागर गर्दै कृषिप्रति सम्मान प्रकट गर्ने अवसर प्रदान गर्दछ यस दिन दहीचिउरा खाने परम्परा केवल सांस्कृतिक प्रतीक मात्र नभई कृषिप्रधान समाजको श्रम, सहकार्य सामूहिक उत्सवको अभिव्यक्ति पनि हो

धान दिवसले किसानको पसिना, मेहनत योगदानलाई सम्मान गर्दै आत्मनिर्भरता, खाद्य सुरक्षा समृद्ध नेपालको आधारशिला मजबुत बनाउन प्रेरणा दिन्छ यस दिवसले कृषिलाई अनुसन्धान नवप्रवर्तनसँग जोड्दै उत्पादनशीलता बढाउने, ग्रामीण अर्थतन्त्रलाई सबल बनाउने तथा युवा पुस्तालाई कृषिप्रति आकर्षित गर्न हामीलाई प्रेरित गर्न सकोस्

अन्त्यमा, यस अवसरमा सबै किसान, कृषक परिवार तथा नेपाली जनताप्रति हार्दिक शुभकामना व्यक्त गर्दै, राष्ट्रिय धान दिवसले हाम्रो साझा प्रतिबद्धताआत्मनिर्भर कृषि, खाद्य सुरक्षा समृद्ध नेपाललाई अझ सुदृढ बनाओस् भन्ने शुभेच्छा प्रकट गर्दछु

धन्यवाद

२०८३ असार १५ गते, सोमबार

ने.सं. ११४६ तछलाथ्व, पूर्णिमा