सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूले गणतन्त्र दिवस, २०८३ को अवसरमा दिनुभएको शुभकामना सन्देश

गणतन्त्र दिवस, २०८३ को शुभकामना

गणतन्त्र दिवस, २०८३ को अवसरमा देश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक बधाईसहित सुख, शान्ति, समृद्धि उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्दछु

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको स्थापना नेपाली जनताको दीर्घ संघर्ष, ऐतिहासिक जनआन्दोलन, सशस्त्र संघर्ष, मधेश जनविद्रोह तथा असंख्य सहिदहरूको अमूल्य बलिदानको परिणामबाट भएको हो यस अवसरमा महान सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै अंगभंग भएका तथा बेपत्ता पारिएका वीरहरूलाई उच्च सम्मान व्यक्त गर्दछु

गणतन्त्र जनताको शासन प्रणाली हो, जहाँ सम्पूर्ण शक्ति जनतामा निहित हुन्छ जनताद्वारा निर्वाचित जनप्रतिनिधिहरूले जनताप्रति आफ्नो जिम्मेवारी निर्वाह गर्नु नै गणतन्त्रको मूल मर्म हो संविधानले दिएको अधिकार कर्तव्यलाई समान रूपमा आत्मसात गर्दै अघि बढ्न सके मात्र हाम्रो संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था सबल, सुदृढ जीवन्त रहन सक्छ

 

हाम्रो वर्तमान व्यवस्थाले वंशपरम्परागत शासनलाई अन्त्य गर्दै सत्ता शक्तिको दुरुपयोगलाई निषेध गरेको यसलाई पुनः कमजोर पार्ने प्रयास लोकतन्त्र, संघीयता गणतन्त्रका मूल्यहरूलाई क्षति पु¥याउने कार्य हुनेछ त्यसैले हामी सबैले उदारवादी आदर्श, समावेशिता, समानता न्यायका आधारमा लोकतन्त्रलाई अझ जीवन्त बनाउन दृढ संकल्पका साथ अघि बढ्न आवश्यक

गणतन्त्र दिवसहाम्रा लागि उत्सव मात्र नभई आत्ममूल्यांकनको अवसर पनि हो जनअपेक्षा अनुरूप संवेदनशील शासन प्रणाली निर्माण गर्न सक्यौं वा सकेनौं भन्ने प्रश्नको उत्तर खोज्ने दिन हो वंचित, उत्पीडित, उपेक्षित समुदायहरूको सक्रिय सहभागिता बिना कुनै पनि गणतन्त्र बलियो स्थायी हुन सक्दैन भन्ने गहिरो सत्यलाई हामीले सदैव सम्मान गर्न सक्नुपर्दछ

अन्त्यमानेपालको गौरवशाली परम्परा, सांस्कृतिक विविधता, राष्ट्रिय उपलब्धि प्रगतिलाई उजागर गर्ने अवसरका रूपमा गणतन्त्र दिवसलाई मनाउन सकियोस् लोकतन्त्र, संघीयता, समावेशिता संविधानका महान उपलब्धिहरूको रक्षा गर्दै राष्ट्रिय एकता अखण्डतालाई सबल बनाउन यो दिवसले हामी सबैलाई प्रेरणा प्रदान गरोस् गणतन्त्र दिवसको अवसरमा पुनः हार्दिक बधाईसहित शुभकामना व्यक्त गर्दछु  

धन्यवाद

२०८३ जेठ १५ गते, शुक्रबार

नेपाल संवत् ११४६ अनलाथ्व, त्रयोदशी