सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूले अन्तर्राष्ट्रिय योग दिवस, २०२६ को अवसरमा दिनुभएको शुभकामना सन्देश

अन्तर्राष्ट्रिय योग दिवस, २०२६ को शुभकामना सन्देश

अन्तर्राष्ट्रिय योग दिवस, २०२६ को अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुस्वास्थ्य, दीर्घायू, सुख शान्तिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु

सम्पूर्ण मानव समुदायमा योगको महत्व, लाभ समग्र जीवनमा यसको प्रभावबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्षको जुन २१ मा यो दिवस योगसम्बन्धी विविध कार्यक्रमहरुको आयोजना गरी  मनाइन्छ योग शारीरिक अभ्यास मात्र नभई जीवनलाई अनुशासित, सन्तुलित, सुस्वस्थ्य समृद्ध बनाउने महत्वपूर्ण जीवनपद्धति हो यसले हाम्रो आत्मा, शरीर मनबीचको सामञ्जस्य स्थापित गर्न सहयोग गर्छ योग मानसिक तनाव, जीवनशैलीजन्य रोग सामाजिक असन्तुलनलाई न्यूनीकरण गर्ने प्रभावकारी उपाय पनि हो  

नियमित योग अभ्यासले शारीरिक स्वास्थ्यसँगै मानसिक शान्ति, सकारात्मक सोच आत्मिक उत्थानलाई प्रोत्साहनमा सहयोग पुग्दछ पछिल्लो समय हृदयघात, मधुमेह जस्ता दीर्घकालीन रोगहरूको रोकथाम तथा नियन्त्रणमा यसको महत्वपूर्ण भूमिका हामी सबैले योगलाई आफ्नो दैनन्दिन जीवनशैलीमा आत्मसात् गर्दै स्वस्थ, अनुशासित सन्तुलित जीवनतर्फ अग्रसर हुन आवश्यक

योगले जात, धर्म, भाषा वा सीमाभन्दा माथि उठेर सम्पूर्ण मानव समुदायलाई एकताको सूत्रमा बाँध्ने सन्देश दिन्छ यसले विश्वशान्ति, सहिष्णुता सहकार्यलाई बलियो बनाउन महत्वपूर्ण योगदान  पुर्याउँछ  स्वस्थ जीवनशैलीको अभ्यासमार्फत् हामी समृद्ध राष्ट्र सशक्त समाज निर्माण गर्न सक्छौं

अन्त्यमा, यस अन्तर्राष्ट्रिय योग दिवस, २०२६ ले हामी सबैलाई योग अभ्यासलाई जीवनशैलीमा समावेश गर्न प्रेरित गरोस् सुस्वास्थ्ययुक्त, अनुशासित तथा सन्तुलित समाज निर्माणतर्फ जागरुकता फैलाओस् भन्ने शुभकामना व्यक्त गर्दछु

 

धन्यवाद   

२०८३ असार गते, आइतबार

नेपाल संवत् ११४६ तछलाथ्व, सप्तमी