सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूले ईद–उल–अज्हा, २०८३ को अवसरमा दिनुभएको शुभकामना सन्देश

ईदउलअज्हा, २०८३ को शुभकामना

इस्लाम धर्मावलम्बीहरूले अत्यन्तै श्रद्धा, उल्लास सामूहिक भावनासहित मनाउने महान पर्वईदउलअज्हा’ (बकर ईद), २०८३ को अवसरमा देश तथा विदेशमा रहनु भएका सम्पूर्ण इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइहरूमा शान्ति, समृद्धि, सुस्वास्थ्य उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु

त्याग, समर्पण बलिदानको प्रतीकका रूपमा मनाइने यो पर्वले समाजमा सहानुभूति, सहयोग, भाइचारा मेलमिलापलाई अझ सबल बनाउँदै सबैलाई एकआपसमा मिलेर बस्न प्रेरित गर्दछ यस पर्वले विशेषतः विपन्न तथा सहयोगको आवश्यकता भएकाहरूलाई सहयोग गर्ने संस्कारलाई प्रोत्साहन गर्दै सामाजिक न्याय समानताको भावनालाई सुदृढ बनाउनमा सहयोग पुग्ने विश्वास लिएको छु

धार्मिक महत्वसँगै सामाजिक सांस्कृतिक दृष्टिले पनि यो पर्वले सामूहिकता, सहकार्य मानवताको उच्च मूल्यलाई उजागर गर्दछ यसले हामीलाई सुखदुःख साझा गर्न, अभावमा रहेकाहरूसँग हातेमालो गर्न समाजमा सहिष्णुता तथा सद्भावलाई बढावा दिन सिकाउँछ

नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक तथा बहुधार्मिक मुलुक हो विविधतामा एकता हाम्रो मौलिक पहिचान   हो यहाँ मनाइने पर्वहरूले समुदायबीच आपसी समझदारी, अपनत्वभाव एकताको संस्कारलाई बलियो बनाउँदै राष्ट्रिय अखण्डता सांस्कृतिक ऐक्यवद्धताको संरक्षणमा योगदान पु¥याउँछन् भन्ने विश्वास व्यक्त गर्दछु

अन्त्यमा, ‘ईदउलअज्हापर्वले लोकतन्त्र, सामाजिक न्याय, राष्ट्रिय अखण्डता राष्ट्रियतालाई अझ सबल बनाउँदै सभ्य, शान्त, समुन्नत समृद्ध मुलुक तथा समाज निर्माणमा प्रेरणा प्रदान गर्ने विश्वासका साथ पुनः हार्दिक शुभकामना व्यक्त गर्दछु

 

धन्यवाद

२०८३ जेठ १४ गते, बिहीबार

नेपाल संवत् ११४६ अनलाथ्व, द्वादशी