सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूले जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस, २०८३ को अवसरमा दिनुभएको शुभकामना सन्देश

जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस, २०८३ को शुभकामना

जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस, २०८३ को अवसरमा देश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु

वि.सं. २०६३ जेठ २१ गते नेपाललाईजातीय छुवाछूत मुक्त राष्ट्रघोषणा गरिएको ऐतिहासिक दिनको स्मरण तथा सम्मानमा हरेक वर्ष मुलुकभर विभिन्न कार्यक्रमको आयोजना गरी यो दिवस मनाइन्छ सामाजिक न्याय, समानता मानवअधिकार सुनिश्चितताका लागि यो एउटा महत्वपूर्ण दिवस हो प्रत्येक नागरिकले समान अवसर पाउनु सम्मानका साथ बाँच्न पाउनु नै सभ्य समाजको आधार हो

जातीय भेदभाव छुवाछूतका कारण विगतमा धेरै समुदाय शिक्षा, रोजगारी, आर्थिक अवसर सामाजिक सहभागिताबाट वञ्चित रहँदै आएका थिए नेपालको संविधानले यसलाई दण्डनीय अपराधका रूपमा परिभाषित गर्दै सबै नागरिकलाई समान अधिकार अवसरको प्रत्याभूत गरेको तर, कानूनी व्यवस्था मात्रले पुग्दैन, सामाजिक चेतना, सांस्कृतिक रुपान्तरण, शिक्षा नागरिक सक्रियता पनि उत्तिकै आवश्यक

हाम्रो संविधानले प्रत्याभूत गरेको अर्को ऐतिहासिक पाटो बहुजातीय, बहुभाषिक तथा बहुसांस्कृतिक विशेषतालाई आत्मसात गर्दै जातीय छुवाछूत अन्त्य गरी समतामूलक समाज निर्माण गर्ने सङ्कल्पसहित अघि बढ्नु आजको आवश्यकता हो यो दिवस केवल संस्मरणका लागि मात्र नभई नेपालमा आर्थिक समानता, समृद्धि सामाजिक न्याय सुनिश्चित गर्दै छुवाछूतमुक्त, सभ्य समतामूलक समाज निर्माण गर्ने हाम्रो दृढ सङ्कल्पको प्रतीक हो यो मूल मर्मलाई सबैले मनन गर्न जरुरी  

यो दिवसले भेदभावविरुद्धको आवाज बुलन्द गर्दै समानता न्यायको पक्षमा दृढ रहन समावेशी समाज निर्माणमा योगदान पुर्याउन हरेक नागरिकलाई उत्प्र्रेरित गर्ने विश्वास लिएको छु विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार भएकाले यसतर्फ सबै पक्ष सचेत हुन उत्तिकै अपरिहार्य  

अन्त्यमा, समानता, सम्मान समावेशिताले हाम्रो संघीय लोकतान्त्रिक गणतन्त्रलाई अझ सबल जीवन्त बनाउन सहयोग पुग्दछ यो दिवसले विभेदमुक्त, न्यायपूर्ण समतामूलक नेपाल निर्माणतर्फ सबैलाई प्रेरित गर्न सकोस्, पुनः हार्दिक शुभकामना व्यक्त गर्दछु

 

धन्यवाद

२०८३ जेठ २१ गते, बिहीबार

नेपाल संवत् ११४६ अनलागा, चतुर्थी