सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूले सीता जयन्ती, २०८३ को अवसरमा दिनुभएको शुभकामना सन्देश

सीता जयन्ती, २०८३ को शुभकामना सन्देश

सीता उत्पत्ति दिवस (सीता जयन्ती), २०८३ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु

माता सीता सत्य, धर्म आदर्श नारीत्वको शाश्वत प्रतीक हुनुहुन्छ उहाँको जीवन त्याग, धैर्य, पवित्रता, साहस समर्पणको अनुपम उदाहरण हो सीताको चरित्रले नारीको स्वाभिमान, आत्मनिर्णय कर्तव्यनिष्ठतालाई उजागर गर्दै आएको यो जयन्तीले हामीलाई धर्म, सत्य नैतिकताको मार्गमा दृढ रहन प्रेरणा दिन्छ

माता सीताको जीवनले पारिवारिक सद्भाव, सामाजिक न्याय लैङ्गिक समानताको महत्वलाई स्मरण गराउँछ उहाँले कठिन परिस्थितिमा पनि धैर्य विश्वास कायम राख्न सकिने उदाहरण प्रस्तुत गर्नुभएको यस अवसरमा, सीताको आदर्शलाई आत्मसात गर्दै नारी सशक्तिकरण, पारिवारिक एकता, सामाजिक सद्भाव सांस्कृतिक संरक्षणमा योगदान पु¥याउने संकल्प लिनुपर्दछ

पृथ्वीकी छोरीका रूपमा सीताले प्रकृतिप्रतिको गहिरो सम्बन्धलाई उजागर गर्नुभएको यसले वातावरण संरक्षण, मातृशक्तिको सम्मान सामाजिक न्यायको सन्देश दिन्छ आधुनिक समाजमा लैङ्गिक समानता, नारी स्वतन्त्रता आत्मनिर्भरता प्रवर्धन गर्न सीताको जीवन उत्तिकै प्रासङ्गिक यो जयन्तीलाई सामाजिक कुरीति, विभेद हिंसाविरुद्ध जागरण फैलाउने अवसरका रूपमा लिन सक्नुपर्दछ

अन्त्यमा, सीता जयन्तीले हामी सबैलाई सत्य, धर्म, प्रेम न्यायको मार्गमा निरन्तर अघि बढ्न प्रेरित गर्न गरोस् नारीमाथि हुने शोषण, हिंसा विभेदको अन्त्य गर्दै सभ्य, शान्त, समुन्नत समृद्ध समाज निर्माणमा दृढ संकल्पका साथ अघि बढ्ने हौसला प्राप्त होस्, पुनः हार्दिक शुभकामना व्यक्त गर्दछु

२०८३ वैशाख १२ गते, शनिबार

नेपाल संवत् ११४६ वछलाथ्व, नवमी