सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूले नववर्ष,२०८३ को अवसरमा दिनुभएको शुभकामना सन्देश

नववर्ष,२०८३ को शुभकामना

नववर्ष २०८३ को सुखद उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु

नेपालको विविधतायुक्त बसोबास क्षेत्र अनुसार सबैले आफ्नै मौलिक संस्कार, संस्कृति रीतिरिवाजमा रम्दै नववर्ष मनाउने परम्परा रही आएको यसले हाम्रो मौलिक विशेषताविविधतामा एकतालाई सुदृढ बनाउनमा सहयोग पुग्दछ नयाँ वर्षलाई केही नौलो कामको थालनी, सकारात्मक सोचको विकास, भ्रातृत्वभाव स्वस्थ जीवनशैलीका लागि नवसंकल्प लिने अवसरका रुपमा उपयोग गर्नुपर्दछ

नववर्षले व्यक्तिगत जीवनमा अनुशासन, स्थिरता सकारात्मकता ल्याउने मात्र होइन, सामाजिक सांस्कृतिक स्तरमा अपनत्व, सहिष्णुता भाइचारालाई मजबुत बनाउने अवसर पनि प्रदान गर्दछ यस अवसरमा हामीले आर्थिक उन्नयन, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण तथा जलवायु परिवर्तन जस्ता विषयमा एकजुट भई अघि बढ्ने दृढ संकल्प लिन जरुरी

संविधानले निर्दिष्ट गरेको नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, निष्पक्ष न्यायपालिका, आर्थिक विकास, समावेशिता, जनसंख्याको आधारमा हरेक क्षेत्रमा समानुपातिक प्रतिनिधित्व, सुशासन समाजवादप्रति प्रतिबद्धता सुदृढ गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रलाई अझ सबल बनाउन नयाँ वर्षले सबैलाई उत्प्रेरित गर्न सकोस्

नववर्षको शुभारम्भसंगै तराईमधेशका केही क्षेत्र विशेषमा मनाइनेसतुवाइन’ ‘जुड्शीतलसिरुवा पावनीपर्व तथा काठमाडौं उपत्यकामा आयोजना हुनेबिस्काजात्रा’ (विश्वध्वजपातन) को पनि सबै नेपालीमा हार्दिक शुभकामना व्यक्त गर्दछु यी पर्व/जात्राले आपसी मेलमिलाप, सद्भाव भाइचारा अभिव्यक्त गर्न सघाउँदछ यसले सांस्कृतिक विविधता ऐतिहासिक परम्पराको गौरवलाई पनि उजागर गर्दछ

हाम्रा पर्व/जात्रा/विशेष अवसरहरुले नेपालको मौलिक पहिचानलाई थप बलियो बनाउँदै सामाजिक समरसता राष्ट्रिय एकतालाई जीवन्त राख्ने कार्यमा योगदान पु¥याउँछन् सिरुवा पावनीमा परिवारजनबीचको आत्मीयता बिस्काजात्रामा समुदायगत सहभागिताले हाम्रो सांस्कृतिक विरासतलाई पिंढीदर पिंढी जीवित राख्न सघाउँदछ

अन्त्यमा, मुलुकको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता स्वाभिमानलाई अक्षुण्ण राख्दै संविधानका कमिकमजोरीलाई सुधार गर्ने प्रतिबद्धतासहित नववर्ष २०८३, सतुवाइन/जुड्शीतल/सिरुवा पावनी पर्व बिस्काजात्राका अवसरमा सम्पूर्ण नेपालीमा नयाँ आशा, उमङ्ग प्रेरणा जगाओस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछु

२०८३ वैशाख गते मङ्गलबार

नेपाल संवत् ११४६ चौलागा, द्वादशी